IMG-LOGO

पनौती–७, सुकुम्बासी बस्ती तहसनहस १४ घर परिवार बिचल्लीमा

 मंगल, असोज २२, २०८१  रमेश प्रसाद न्यौपाने

 

       गत असोज १० देखि १२ गते  सम्म परेको अविरल वर्षातको कारण पनौती–७, सुकुम्बासी बस्तीमा रोशीखोलामा आएको बाढीले घर, टहरा भित्र बाढी पसेर भत्काई क्षत विक्षत तहसनहस पारेको छ । २०६२ साल देखि १४ घर परिवार उक्त बस्तीमा बस्दै आएको ७२ वर्षीय लालबहादुर थिङले बताउनुभयो । अहिले उक्त बस्तीका १४ घर परिवारका १ सय ३५ जना नै विचल्लीमा परेका छन् । गाँसबास कपासको लागि समस्या भएको ७२ वर्षीय थिङले बताउनुभयो । काभ्रे र ललितपुर जिल्लाको संगम स्थलमा बेथानचोक च्याम्राङबेसी बेसीमा ५ ÷६ रोपनी जग्गा २०२८ सालको बाढी पहिरोले लागि सुकुम्बासी भई २०६२ साल देखि पनौती–७ मा बस्दै आउनु भएका लालवहादुरका २ छोरा छन् । जेठो छोरा पदम बुहारी र ९ वर्ष र ७ वर्षका नाति बस्दै आएका छन् भने कान्छो छोरो चन्द्रवहादुर थिङ ६ महिना अघि दुबै काम गर्न गएको लालवहादुर थिङले बताउनुभयो । एकतल्ले टहरामा बस्दै आउनु भएका ७२ वर्षीय थिङको खाद्यन्न, लत्ताकपडा, २० हजार नगद, कुखुरा सबै रोशी खोलाले बगाएर लगेको हुँदा गाँसवास कपास कै समस्या रहेको भन्दै आँखा भरी आँसु पारी हामी दुःखी गरीव सुकुम्वासीलाई कस्ले हेर्छ ? हामीलाई अहिले सम्म न सरकार न कुनै संघ संस्था कोही कसैले राहत उपलब्ध नगराएको, पनौतीमा आफन्तको घरमा बस्दै आएको पिडीत लालवहादुर थिङले उल्लेख गर्नुभयो । उहाँ त प्रतिनिधि पात्र मात्र हो । उक्त सुकुम्बासी बस्तीमा बस्दै आएका ३० वर्षीय प्रमिला स्याङतान, ६० वर्षीय गणेश ध्यवाको कथा व्यथा पनि उस्तै छ । उक्त सुकुम्वासी बस्तिमा बस्नेहरु अधिकांश ढुङ्खर्क, खानीखोला र महाभारत क्षेत्रका २०२८ सालमा बाढी पहिरोबाट घर, जग्गा जमिन बगाएर केही पनि बाँकी नरहेपछि पनौतीमा ज्याला पजदुरी गरी कोठामा बस्दै आएको २०२६÷०६३ को  जन आन्दोलन देखि कोठा भाडा तिर्न नसकेपछि पनौती–७ रोशीखोला बगर नजिक केहि खाली जग्गा भएकोले सामान्य टहरा बनाएर बस्दै आएको कुरा सुकुम्बासी बस्तीका ४४ वर्षीय पदम थिङले बताउनुभयो । काभ्रे जिल्लामा मात्रै बाढी पहिरोबाट ७८ जनाको मृत्यु र १० जना बेपत्ता भएका छन् । तीनै तहका सरकार केन्द्र, प्रदेश र स्थानीय सरकारमा गठन भएका विपद व्यवस्थापनको पूर्व तयारी कति निकम्बा  रहेछ भन्ने कुरा बाढी पहिरो गई सडक अवरुद्ध भएको, घर भत्कीई अधिक मानवीय क्षति हुनु, राजधानीमै बाढीमा परेकाले मानव रक्षाका लागि गुहार माग्दा समेत ३ दिन सम्म पनि सरकारको उपस्थिति रहन नसक्नु, स्थानीय स्रोत साधनबाट नै भर पर्नुबाट सरकार निकम्बा छ भनेर प्रष्ट हुन्छ । पनौती–७ सुकुम्बासी बस्तीका नागरिकहरुको रोशी खोलाको किनाराबाट १ सय मिटरको फरकमा करिडोर बाटो, उक्त बाटोको ५० मिटर कै फरकमा सुकुम्बासी बस्ती रहेकाले स्थायी बसोबास खाना, नाना र छानाको प्रवन्ध सरकारले गरोस भन्ने १४ घर परिवारका १ सय ३५ व्यक्तिहरुको सरकारसँग माग गरेका छन् ।

घरवार र परिवार विहिन बिबि भ्लोन

       २०२८ सालको बाढी पहिरोमा घर जग्गा बगाएपछि र आप्mना बा आमा र दाजु वितेपछि परी घरबार र परिवार विहिन हुनु भएकी बेथानचोक हात्ती डाँडा स्थायी ठेगाना बताउनु हुन्छ ः बिबि भ्लोन

       वेसाहारा भ्लोन विगत २२ वर्ष देखि पनौती–७, सुकुम्बासी बस्तिमा बस्दै आउनु भएकी बिबि भ्लोन सरकारले प्रदान गरेको जेष्ठ नागरिक भत्ताबाट आफ्नो जीवन यापन गर्दै आउनु भएको बताउनुभयो । विगत २३ वर्ष अघि नै उहाँको बुबा काजीमान भ्लोन, आमा र भाई  चन्द्रमान भ्लोनको निधन भएपछि एक्लो बेसहारा भएपछि सुकुम्बासी बस्तिमा बस्दै आएको विवि भ्लोनले बताउनुभयो । गाँउ कै आफन्त पर्ने एक महिलाले कहिले काही उहाँकोमा आउने जाने गरेको बताउनुहुन्छ । उहाँ बस्तै आउनुभएको टहरामा रोशी खोलाको बाढी पसेपछि बिबि भ्लोन विचल्लीमा पर्नुभएको छ । सोही बस्ती नजिकै पूर्ण स्याङतानको ४ आनामा निर्मित साढे दुई तले घरमा रोशी खोलाको बाढी पसेर भुइको तलामा राखेको किनारा पसल ढुवेको बताउनुभयो । घरमा लेदोर गेगर पसेर पसल डुवाएको करिव २ लाख बराबरको क्षति पु¥याएको बताउनुभयो । उहाँ विगत ६ वर्ष देखि घर निर्माण गरी आफ्नो व्यवसाय गर्दै आएको पूर्वा स्याङतानले बताउनुभयो । पनौती नगरपालिकाले यस क्षेत्रको करिडोर क्षेत्रको अवरुद्ध मोटर बाटो सरसफाई गरेर सहयोग पु¥याए यहाँ नागरिकहलाई सहजता हुने बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्