बिश्व मुटु दिवसको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा, नाला, कुशादेवी, पाँचखाल, सिपाघाट इकाईहरु, शाखा र पतञ्जली योग समिति काभ्रे शाखाको सँयुक्त एबम पृथक पृथक आयोजनामा सप्ताह व्यापी बिश्व मुटु दिवसका कार्यक्रमहरु सँचालनका साथ सम्पन्न गरी मुटुरोग लाग्न नदिन र लागेमा यसको रोकथाम र उपचार गर्ने बारे विज्ञहरु बीच “काम गरौँ, मुटुलाई माया गरौ “ग्कभ जभबचत ायच बअतष्यल” भन्ने यस बर्षको बिश्व मुटु दिवसको नाराका साथ छलफल विचार विमर्श, योगाभ्यास तथा जनचेतना र्याली, अन्तरक्रिया कार्यक्रम, जिल्ला व्यापी १०+२ का बिद्यार्थीहरु बीच स्थलगत निबन्ध लेखन प्रतियोगिता गरियो । बिजयी बिद्यार्थीहरुलाई पुरस्तकार र प्रमाण पत्र प्रदान गरिएको थियो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जिल्ला शाखाको अध्यक्ष टीकाभक्त भोछिभोयाको सभापतित्वमा सँचालन भएको समापन समारोहमा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यबाट समुद्घाटन गर्नु भएको थियो र नगद पुरस्कार र प्रमाणपत्र वितरण गरी मुटु दिवस मनाइयो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय सदस्य तथा काभ्रे शाखाका निवर्तमान सभापति अशोक कुमार श्रेष्ठले निबन्ध प्रतियोगिताका विजयी बिद्यार्थीहरुलाई पुरस्कार वितरण गर्ने कार्यमा सहजीकरण गर्नु भएको थियो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जिल्ला शाखाको सचिव हरिशरण श्रेष्ठले उद्घोषण गर्नु भएको समारोहमा बरिष्ठ उपाध्यक्ष तथा नेपाल पतँजली योग समिति बाग्मती प्रदेशका अध्यक्ष ग्रुवेन तौजले, उपसभापति सिध्दिबहादुर कर्माचार्य, कोषाध्यक्ष रामप्यारी श्रेष्ठ, सह कोषाध्यक्ष तथा पतंजली बागमती प्रदेशका सल्लाहकार सरिता शाक्य, पतँजली योग समिति काभ्रे जिल्लाका अध्यक्ष प्रकाश कायस्थ, महिला अध्यक्ष इन्दिरा तौजले, निबर्तमान अध्यक्ष अनु श्रेष्ठ, धुलिखेल अस्पतालका वरिष्ठ मुटु रोग बिशेषज्ञ डा. राजेन्द्र कोजू, बाथ मुटुरोग बाल रोग बिशेषज्ञ डा.अरुण गुप्ता, धुलिखेल अस्पतालकाबाथ मुटुरोग बाल रोग बिशेषज्ञ तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जिल्ला शाखाको सदस्य डा. अनिश जोशी, लायन्स क्लब अफ काभ्रेका अध्यक्ष इश्वर महाजु, निबर्तमान अध्यक्ष सरिता पलाँचोके, पतंजली योग समिति काभ्रेका कोषाध्यक्ष सुन्दर प्रसाद कारँजित, सदस्य तथा गो रेड फर वमनका सँयोजक निर्मला कायस्थ, सदस्य सर्व अधिकारी, सदस्य बिट्ठल सिकु श्रेष्ठ, सदस्य महेन्द्र जोशी, अधिकृत नर्स तथा गो रेड फर वमन समितिका उपसँयोजक तुलसी मानन्धर आदि महानुभावहरुको सहभागिता रहेको सभामा समापन समारोह शुरु हुनु अगावै पतँजली योग समिति बाग्मती प्रदेशका अध्यक्ष तथा योग गुरु ग्रुवेन तौजलेले योगाभ्यास र योग शिक्षा प्रदान गर्नु भएर मुटु मैत्री योगमय बनाउनु भएको थियो । सम्पूर्ण महानुभावहरु अनुशासित भइमा मुटुलाई माया गर्ने सीप सिकिरहेका थिए । डा.राजेन्द्र कोजू, डा. अरुण गुप्ताले मन्तब्य राख्नुभएको थियो । उप सभापति सिद्धिबहादुर कर्माचार्यले स्वागत मन्तब्य राख्नुभएको सभा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जिल्ला शाखाको अन्य गतिविधिमा डाक्टर अनिश जोशीको नेतृत्वमा बाथ मुटु रोग परीक्षण शिबिर धुलिखेलको पूर्ण संजीवनी स्कूलमा सञ्चालन गरिएको थियो जसमा जम्मा १६१ जनाको मुटु परीक्षण ८७ जनाको इको र ३ जना विद्यार्थीहरुलाई धुलिखेल अस्पतालमा थप परीक्षणको लागि रिफर गरिएको थियो ।
