IMG-LOGO

जिल्ला बचत संघको २ लाख १ सयको राहत कोष

 मंगल, असोज १५, २०८१  ---

 

     बिहिबार देखि अविरल वर्षातका कारण बाढी पहिरोमा परि घाइते र निधन भएका लागि राहत पुरÞ्याउने उद्देश्यले जिल्ला बचत संघ काभ्रेले राहत कोषको स्थापना गरेको छ । जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थको अध्यक्षतामा हिजो बसेको विशेष बैठकले २ लाख १ सय ११ को राहत कोष स्थापना गरेको हो । उक्त कोषको रकममा थप गर्न सहकारीकर्मी, प्रारम्भिक सहकारी संस्थाहरुलाई कोषमा रकम थप गर्न आह्वान गरिएको संघका अध्यक्ष कायस्थले बताउनु भयो । जिल्ला बचत संघका प्रबन्धक गुरु प्रसाद ढकालका अनुसार संघका सञ्चालक समिति एक महिलाको भत्ता र कर्मचारीहरुको एक दिनको तलब बराबर उक्त कोषमा राखिने र जम्मा भएको उक्त रकम राज्यका संवन्धित निकायलाई हस्तान्तरण गर्ने बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्