IMG-LOGO

अल्फा बचत तथा ऋण सहकारीको १५ औं सभा

 मंगल, असोज १५, २०८१  ---

     बनेपा, अल्फा बचत तथा ऋण  सहकारी संस्था लि. बनेपाको १५ औँ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष राजेशकुमार भोछिभोयाको सभापतित्वमा सम्पन्न भयो । राष्ट्रिय सहकारी बैक बनेपा शाखा प्रमुख  उपेन्द्र दाहाल, जिल्ला बचत संघ काभ्रे बारिष्ट उपाध्यक्ष सागरनाथ कपाली, प्रोस्कुन बागमती प्रदेशका व्यवसाय अधिकृत सुदर्शन दाहाल लगायतको आतिथ्यता रहेको थियो । आ.व. ०८०÷०८१ को लेखा परीक्षण प्रतिवेदन  प्रगती प्रतिवेदन, आ.व. ०८१÷०८२ को वार्षिक बजेट, कार्ययोजना पास गरेको छ । लेखा सुपरीवेक्षण समिति संयोजक पूर्णकाजी मानन्धरले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यबाट १ करोड ४१ लख ७० हजार ४ सय शेयर पूँजी संकलन, १४ करोड १३ लाख ४ हजार १५ निक्षेप संकलन गरी ११ करोड ६३ लाख ९२ हजार ऋण लगानी गरेर ७९ लाख ८७ हजार ७ सय ९८ कुल सञ्चालन आम्दानी गरेको संस्थाले जनाएको छ । संस्थाका प्रवन्धक प्र्रतापमान कायष्ठका अनुसार नीति विधि र प्रविधिको उच्चतम प्रयोग गरी शेयर सदस्यहरुको आर्थिक सामाजिक सांस्कृतिक आव्शयकतालाई परिपूर्ति गर्न लागि परेको बताउनुभयो । उहाँका अनुसार संस्थाले २१ लख ६१ हजार ९ सय ४८ खुद मुनाफा गरेको उल्लेख गर्नुभयो । ६५ लाख ७७ हजार २ सय ५० जगेडा तथा अन्य कोष गरी जम्मा रहेको कुरा कर्मचारी सोभा बादेले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्