IMG-LOGO

चण्डेश्वरी साकोसको सम्पती १ अर्ब ४६ करोड

 मंगल, असोज १५, २०८१  ---

     चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिको ३२ औँ वार्षिक साधारणसभा शनिबार बनेपा पार्टी भेन्युमा सम्पन्न भएको छ । संस्थाका जेष्ठ सदस्य तुलसिमाया कतिलाको प्रमुख आतिथ्यता एवं अध्यक्ष नविन भक्त बादे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सचिव बुद्धरत्न मानन्धरले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष गणेश कुमार रञ्जितले आर्थिक प्रतिवेदन र संयोजक रामप्रसाद श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता, जेष्ठ सदस्य, एसईई उत्कृष्ट हुने सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । सचिव बुद्धरत्न मानन्धरले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष रमेश काजी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो । एक्सेस सिलभर ब्राण्ड प्राप्त गर्न सफल भएको चण्डेश्वरी साकोस १० हजार २ सय ७७ जना शेयर सदस्यहरु रहेका छन् । एटिएम सेवा, मोवाइल बैँङ्की उपलब्ध गराउदै आएकोे संस्थाको शेयर पुँजी ११ करोड ३८ लाख, जगेडा कोष १३ करोड ७ लाख, कुल सम्पत्ती १ अर्ब ४६ करोड, कुल बचत १ अर्ब ११ करोड, लगानीमा रहेको कर्जा ९८ करोड ९९ लाख, कुल संस्थागत पुँजी १३ करोड ३१ लाख, विभिन्न कोषहरुमा १ करोड १४ लाख रहेको छ । यस अवधिमा संस्थासँग ३७.९७ प्रतिशत तरलता छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्