IMG-LOGO

काठमाण्डौ विश्वविद्यालयमा अन्तराष्ट्रिय बहुजातिय साहित्य सम्मेलन

 मंगल, असोज १५, २०८१  ---

 

     काठमाडौँ विश्वविद्यालयमा शुक्ररबारदेखि शुरु भएको २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आइतबार सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टिइथ्निक लिटरेचर अफ द वर्ल्ड मेलोको संयुक्त आयोजनामा भएको तीन दिने सम्मेलनमा विश्व साहित्यमा मानव र प्रकृति बिचको सम्बन्धलाई शूक्ष्म विश्लेषण र समालोचना गर्ने उद्देश्यका साथ विश्वभरका सांस्कृतिक साहित्य अनुसन्धाता, लेखक, प्राध्यापक, समीक्षक र विद्यार्थीहरूको सहभागिता रहेको थियो । सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा. कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा.रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटा लगायतको समूहको छलफल गर्नुभएको थियो । सम्मेलनले  साहित्य, संस्कृति लगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाँ बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव, संस्कृति र पर्यावरणको सम्बन्धको खोज र विश्लेषणमा नयाँ दिशा दिने विश्वास लिइएको छ। यसका अलावा मान्छेहरुको आधुनिक प्रविधिसँग बढिरहेको निकटता बीचको सम्बन्धर विश्वभर फैलिएको व्यवसायिकीकरणको बढ्दो प्रभावलाई समेत सम्मेलनले प्राथमिकता दिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्