काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा शनिबार बनेपा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । प्रमुख अतिथि बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले नीतिविधीमा काँठु गणेश सहकारी संचालन भएको भन्दै सबै बचत कर्तालाई ढुक्क भएर बचत गर्न अनुरोध गर्नुभयोे । विशेष अतिथि जिल्ला सहकारी संघ काभ्रेका कोषाध्यक्ष अर्जुन सापकोटाले निति,बिधि र प्रबिधिका साथ सहकारीहरुले काम गरेमा समुदाय नै लाभान्वित हुने भन्दै सहकारीको मर्म, महत्व र उदेश्य बुझेर मात्रै काम गर्न सम्पुर्ण शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । काँठु गणेश साकोसको अध्यक्ष हरि गोपाल मानन्धरको सभापतित्वमा सम्पन्न साधारणसभामा सस्थाका सचिव दिपेन्द्र श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष निर्मल मुस्याजुले आर्थिक प्रतिवेदन तथा संयोजक राम माया मानन्धरले लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिक सम्मान, उत्कृष्ट दैनिक बचतकर्ता, उत्कृष्ट क्रमिक बचत कर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणीलाई उक्त सभामा सम्मान गरिएको थियो । १ हजार ६ सय ९९ जना शेयर सदस्य रहेको संस्थाको वित्तिय स्थिति वासलात ११ करोड ४४ लाख १० हजार ४४ रुपैयाँ रही यस वर्षको खुद मुनाफा ३१ लाख ८७ हजार २ सय ७७ रहेको बताइएको छ । संस्थाका सचिव दिपेन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष ईन्द्रलाल मानन्धरले स्वागत मन्तव्य राख्नुभएको सल्लाहकार त्रिरत्न राजबाहकले जानकारी दिनुभयो ।
