काठमाडौँ/चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेपछि त्यो खोप मध्ये बेइजिङबाट ८ लाख डोज ल्याउन हिजो नेपाल एयरको बोईङ्ग बेइजिङ्ग पुगेको थियो । खोप बोकेर जहाज आज मंगलबार दिउँसो २ बजे काठमाडौं आइपुग्ने खबर छ ।
रक्सी चोर प्रहरी
लाहान/रक्सी चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत असई नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय निलम्बनमा परेका छन् ।
दुर्लभ सेतो मृग
बेथाचोक गाउपालिका वडा नम्बर २ स्थित दुर्लभ सेतो मृग फेला परेको छ । सेतो मृग नेपालमा विरलै पाईन्छ ।उक्त मृग च्याम्राङबेशि ढुंखर्क प्रहरी चौकी प्रमुख हरेराम पराजुलीको रोबरमा रहेको छ । जाउलाखेल स्थित सदर चिडियाखानामा समेत यो मृग नभएको बताइदै आएको थियो । फेला पारिएको सेतो मृग सदर कहाँ राख्दा संरक्षण हुन्छ सम्बन्धित निकायको ? बेलैमा ध्यान जानु पर्ने स्थानियहरुले बताएका छन्
