विपद पछिको अवस्थालाई ध्यान दिदै धुलिखेल नगरपालिकाले नगर क्षेत्र भित्र पहिरो तथा बाढीबाट क्षति भएका परिवारलाई राहत उपलब्ध गराउन तत्कालै एक करोडको कोष स्थापना गर्ने निर्णय गरेको छ । विपद पछि खोज, उद्दार तथा राहतका लागि नगरपालिकाले विपद व्यबस्थापन समितिको बैठक आयोजना गरी उक्त निर्णय गरेको हो । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षमा बसेको बैठकले उक्त निर्णय गरेको हो । धुलिखेलमा विपदबाट दुई जनाको निधन भएको छ भने एक जना बेपत्ता छन् । ५१ जना घाइते छन् भने एक हजार भन्दा धेरै घरहरुमा क्षति पुगेको छ ।
