IMG-LOGO

बनेपा नपाले विपद्मा परी निधन भएकालाई ३० हजार दिने

 मंगल, असोज १५, २०८१  ---

     अविरल वर्षाले बनेपामा ठूलो जनधनको क्षति भएको छ । आइतबार बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा बसेको बैठकले तत्काल वडामा विपत्त व्यबस्थापन समिति मार्फत क्षतिको विवरण संकलन गरी नगरपालिकामा उपलब्ध गराउने निर्णय गर्दै विपद्मा परि मृत्यु हुनेहरुका परिवारलाई जनही ३० हजार दिने निर्णय गरेको छ । नगर उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई, प्रशासकिय अधिकृत ध्रुबराज नेपाल लगायत जनप्रतिनिधिहरु एवं सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा बसेको बैठकले वाढी पहिरोमा परि घाईते हुने नगरवासीलाई २० हजार, पुर्ण क्षती भएको घरलाई १० हजार, गोठलाई ५ हजार, उच्च जोखिममा परेको घरलाई ५ हजार, पुर्ण रुपमा घर क्षति भई अन्यत्र बसोबास गर्ने परिवारलाई १० हजार, दुहुनो गाई वा भैसी मरेकाको हकमा १० हजार र बाछा बाछी बाख्राहरुको हकमा प्रति वटा ५ हजारका दरले उपलब्ध गराउने निर्णय समेत गरेको छ । त्यसैगरी वडाका मुख्य सडकहरु तत्काल सञ्चालन गर्ने, सहायक सडक, खानेपानी र विजुली क्रमैसगं पुननिर्माण गर्ने निर्णय भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्