IMG-LOGO

अवरुद्ध राजमार्ग सुचारु अझै भएन

 मंगल, असोज १५, २०८१  ---

     विहिबार देखि अवरुद्ध भएको राष्ट्रिय राजमार्गहरु हिजो देखिनै सूचारु गर्ने भनिएपनि अवरोध हटाउन नसक्दा यातायात सूचारु हुन सकेको छैन । आइतबार नै प्रेस विज्ञप्ति जारी गरी हिजो देखि राष्ट्रिय राजमार्ग सञ्चालन गर्ने गरी कार्य थालनी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको थियो । अविरल वर्षातका कारण देशभरीका ८० वटा राष्ट्रिय राजमार्ग मध्ये हिजो सम्म ४७ वटा राजमार्ग अवरुद्ध छन् । देशको राजधानी जोड्ने लाइफ लाइनका रुपमा रहेको मुख्य राजमार्ग नागढुङ्ग–नौविसे–मुग्लििन सडकको झ्याप्ले खोलाको अवरोध हटाई पुरै पृथ्वी राजमार्गमा सवारी यातायात सञ्चालनमा आएको यातायात मन्त्रालयले जनाएको छ । विपि राजमार्गको बर्दीवास देखि नेपालथोक सम्मको अवरोध हटाई यातायात सुचारु गरेको भनिए पनि धुलिखेल देखि सिन्धुली बर्दीवास अवरुद्ध सडक खण्डको अवरोध हटाउने कार्य सुस्तरी भएकोले यातायात सूचारु हुन सकेको छैन । टोखा–गुर्जेभञ्ज्याङ छहरे नुवाकोट हुँदै स्याफ्रुबेशी सम्मको सडक सूचारु रहेको सडक विभागले जनाएको छ । स्याफुबेशी देखि रसुवागढी सम्मको अवरुद्ध सडक आज सम्ममा सञ्चालन हुने जनाएको छ ।

धुलिखेल–भकुण्डे यातायात सुचारु तर अरनिको राजमार्ग अझै खुलेन

     अरनिको राजमार्गको बाह्रविसे–दोलालघाट–धुलिखेल खण्ड धुलिखेल सिन्धुलि बद्रीबास सडक वर्षातका कारण बाढी पहिरोले क्षतविक्षत भएकाले सोको अवरुद्ध हटाउन सडक विभागलाई गाह्रो भएको छ । श्रोत साधान डोजर र स्काभेटर प्रयोगमा ल्याउन नसक्दा ढिला सुस्ति भएको छ । विपि राजमार्गको विकल्पको रुपमा सित्खा–खाँडदेवी–गाल्वा, सडक पुलहुँदै हिजो देखि यातायात सूचारु गर्ने भनेको थियो । विपि राजमार्ग भएर आउने सवारी साधनलाई मन्थली चरीकोट हुँदै राजधानी आउन सक्ने वातावरण तय गरेको र पुल भत्काएको स्थानमा बेलीब्रिज प्रयोग गरेर यातायात सूचारु गर्ने सडक विभागले तयारी गरेको छ । यो समाचार तयार गर्दा सम्म हिजो रातीबाट विपी राजमार्ग धुलिखेल भकुण्डे सम्म यातायात सुचारु भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्