विहिबार देखि परेको अविरल वर्षातका कारण काभ्रे जिल्लामा ठूलो जनधनको क्षति पु¥याएको छ । अविरत वर्षाले पु¥याएको क्षतिको समाचार आउनेक्रम जारी छ । भौतिक पूर्वाधारको क्षतिको विवरण भने आउन बाँकी छ । यो समाचार तयार पार्दा सम्म काभ्रे जिल्लामा बाढी पहिरोमा परी ५९ जनाले ज्यान गुमाईसकेका छन् । ५२ जना घाइते र ४ जना बेपत्ता भएका छन् । रोशी, चौरीदेउराली, भुम्लु गाउँपालिका, पनौती नगरपालिका जिल्लाका विभिन्न स्थानबाट ४ सय ५१ जना ९४ जनालाई हेलिकप्टर मार्फत र अन्यबाट ३ हजार २ सय ७४, यातायात साधनबाट ८ सय ६४ र पैदल यात्राबाट ८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख काभ्रे धुलिखेलकी प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिनुभयो । सेनाको हेलिकप्टरबाट बाढी पहिरोमा परी घाइते भएका अलपत्र परेका व्यक्तिहरुलाई उद्धार गर्ने गरिएको प्रहरीले जनाएको छ । बाढी र पहिरोमा परी पनौती नगरपालिकामा मात्रै १९ जनाले ज्यान गुमाएका छन् । धेरै नै जनधनको क्षति हुन पुगेको छ । पशुपन्छी चौपाय पुरिएका छन् । यस्तो विपत्तो २०२८ र २०४३ पछि पुनः आएको धुलिखेल–८ का स्थानीय साधुराम बडालले बताउनुभयो । पनौती नगरको खानी क्रसर उद्योग परिसर क्षेत्र भित्रका वडा नं. १२ का नागरिकले ज्यान गुमाएका छन् । फार्म हाउस सञ्चालन गरेका जर्मन नागरिक सहित ६ जनाले ज्यान गुमाएका छन् । पनौतीको खानी क्षेत्र, पनौती–१२ भोमीडाँँँडा, कालाती, रोशी क्षेत्रमा धेरै जनधनको क्षति भएको छ । खानी र क्रसर उद्योग सञ्चालनका कारण मानव वस्ती नै बगरमा विलिन भएको छ । त्यस्तै गरी धुलिखेल–८ बडालगाँउ, खावा नजिकैको बाटो मुनिबाट पहिरो गई घरमा क्षति पुग्दा घरमा बसि रहेकी एक महिला गिता श्रेष्ठ पहिरोसँगै बगाएर बेपत्ता भएको स्थानी केसर बहादुर गजुलेलले बाउनुभयो ।
बाढी पहिरोले सडक क्षतविक्षेत
नेपालको व्यापारीक नाका अरनीको राजमार्ग हुँदै चीन जाने मार्ग र विपी राजमार्ग बाढी र पहिरोले सडक पुरिदाँ विगत ६ दिन देखी यातायात सुचारु हुन सकेका छैन् भने सयौको संख्यामा यात्रुहरु अलपत्र परेका छन् । विपी राजमार्गको चरङ्गेफेदीको पुल, खुरकोटको पुल खोलाले बगाएको छ । टिपर, वस गरी करिव ४ सय भन्दा बेसी यातायातका साधनहरु सडक मै अलपत्र छन् भने चालक, सहचालक र यात्रुहरुको बिचल्ली भएको छ । रोशी खोलाको बरीपरीको बजार क्षेत्र तहस नहस पारेकाले खाद्य सामग्री नहुँदा उक्त क्षेत्रका स्थानीय र यात्रुहरु भोक भोकै पर्ने स्थीति सृजना भएको छ । त्यस्तै अरनिको राजमार्गमा पनि हिजो देखि मात्र सडकको अवरोध खुलाउन लागि परेपनि स्रोत साधनको प¥याप्तता नहुँदा विपी राजमार्ग र अरनिको राजमार्ग अझै सूचारु हुन सकेका छैनन् । विपि राजमार्ग धुलिखेल देखि भकुण्डेसम्म मात्र हिजो साँझबाट यातायात सूचारु भएको छ ।
घाइते अलपत्रको उद्धार जारी
अविरल वर्षतको कारण बाढी पहिरो र डुवानमा परि घाइते भएका र बाटोमा अलपत्र परेका व्यक्तिहरुलाई सेनाको हेलिकप्टरबाट आइतबार देखि नै उद्धार भइरहेको छ । अस्पताल पुगी उपचार गराई रहेका व्यक्तिहरु कतिका परिवार गुमाएको पिडा असक्तता हुँदाको छटपट्टी र चित्कार उत्तीकै रहेको छ ।
उद्धार गरिएका व्यक्तिहरुको धुलिखेल अस्पतालमा उपचार हुँदै
सेनाको हेलिकप्टर र अन्य किसीमबाट उद्धार गरी ल्याएका व्यक्तिहरुको उपचार धुलिखेल अस्पतालमा जारी छ । आकस्मिक कक्ष उद्धारमा खटेर जुटेका सुरक्षाकर्मी, स्वंसेवी, एम्बुलेन्सहरु विरामीहरुलाई एमरजेन्सी कक्ष पु¥षयन हस्यााङ फस्याङ गर्दै दौडधुप गरिरहेका छन् ।
विरामीलाई औषधी उपचार र निःशुल्क खाना
आइतबार विहान हेलिकप्टरबाट उद्धार गरी ल्याइएकी पनौती वडा नं. १ कुशादेवीकी ५१ वर्षीय शान्ति सापकोटाको भुकम्पमा सरकारले बनाई दिएको नमुना घर पहिरोको कारण भत्किदाँ ३० वर्षीय र २५ वर्षीय छोरीहरु बेपत्ता भएका छन् । उहाँका बिबाहित जेठी छोरीको ४ वर्षको छोरो टुहुरो नावालक छोरो टुहुरो भयो । छोरीहरु पनि छैनन् । श्रीमान चाँही बस्तुभाउलाई कुँडो पकाउन गएकाले सकुसल रहेको शान्तिकी जेठानी दिदी भक्ति सापकोटाले बताउनुभयो । त्यसै गरी कलाती भुमिडाँडा १२ की ५२ वर्षीय लक्ष्मी हुमागाईको पनि घर भत्किएर मेरुदण्डमा चोट लागको छ । उहाँ पनि शुक्रबार राती २ बजेको समयमा र पैरोले पुरिएर सोही घर मित्र पुरिनु भएको हो । पुरिएको १३ घण्टापछि स्थानीय र सुरक्षाकर्मी टोलीले आइतबार विहान हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बाढी पहिरोले मानवीय क्षति धेरै भएकोले धुलिखेल अस्प्तालले घाइतेहरुको निःशुल्क उपचार गरेको र आफन्तलाई खाना निःशुल्क खुवाएको कुरा अस्पतालका डाक्टर सानु कृष्ण श्रेष्ठले बताउनुभयो । काभ्रे जिल्ला भर मानवीय र भौतिक पूर्वाधारको क्षति के कति भएको छ । सोको तथ्याङ्क संकलन गरेर आज साँझ सम्म एकीन गरिने जनस्वास्थ्य काभ्रेकी प्रमुख रागीश्री कक्षपतिले बताउनुभयो । वर्षात रोकीए सँगै खोजी उद्धारका साथै पिडितहरुलाई सेल्टर होममा राख्ने विषयमा परामर्श भएको कार्यालय प्रमुख कक्षपतिले बताउनुभयो ।
त्यसै गरी रोशी गाउँपालिका वडा न.. ११ मा तीनदिन देखि अलपत्र परेका प्रेम लामा भण्डै मरेको भन्दै नागरिकहरुको छिटो उद्धार गरी गन्तव्यमा पु¥याउन देशका तीनै तहका सरकार लाग्नु पर्ने उल्लेख गर्नुभयो । सन् २०१३ देखि २०१५ हङकङ एन आर एन उपाध्यक्ष तामाङ हाउजिङ रिलायन्स र सेक्युरेटी कम्पनी खोलेर नेपालमै रोजगारी दिउँ भनेको झण्डै बाढी पहिरोमा परेर ठहरै भएको भन्दै उद्धार ढीला भएकोमा तामाङले दुःखेसो पोख्नुभयो । तीनदिन पछि नेपाली सेनाको हेलिकप्टरले उद्धार ग¥यो । करम डाँडा नजिकै भएको पसलमा साद्य सामाग्री विस्कुट चाउचाउ सबै दुई दिनमै सकियो आज त भोक भोकै परियो लामाले भन्नुभयो । बुढा बुढी बालबालीका ४ सय भन्दा बेसी अलपत्र छन् । हेलिकप्टरमा ४० जना भन्दा अटाउँदैन कहिले उद्धार हुनु ? अलपत्र परेर उद्धार भएको सर्लाहीकी भरोसा अधिकारीले भनिन् । भुम्लु गाउँपालिका वडा नं. १० का ४१ वर्षीय नारायण कृष्ण पोटे र ३५ वर्षीय योगेश पोटे श्रेष्ठ विच सडक मै तीन दिन देखि अलपत्र परेकोमा सेनाको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा उपचार भई रहेको छ । दुबै जनाको टाउको र दुबै गोडामा गम्भीर चोट लागेको छ । त्यसै गरी हेलिकप्टरबाट उद्धार गरी ल्याएको चौरीदेउराली–१ का ७७ वर्षीय नारायण प्रसाद रिमाल, मोरङ सुन्दर चोकका ५३ वर्षीय प्रेम लामा, डाडाटोलका ३७ वर्षीय सञ्चमाया लामा तामाङ, ओखलढुङ्गाका ९० वर्षीय विर्खमाया दर्जी, पार्थलिका २८ वर्षीय टिका गिरीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
