नोबेल बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभाले अध्यक्ष मोहन कुमार श्रेष्ठ, उपाध्यक्ष विजेश कुमार पोटे, सचिब बलराम श्रेष्ठ, कोषाध्यक्ष भिमकृष्ण श्रेष्ठ, सह सचिब प्रमिला चण्डी श्रेष्ठ, सह कोषाध्यक्ष आशिष कोजु सदस्यहरुमा राजेन्द्र प्रसाद श्रेष्ठ, प्रेम बहादुर कार्की, मिना श्रेष्ठ, नरेन्द्र राज श्रेष्ठ र मानकाजी श्रेष्ठ रहेका छन् । त्यसै गरी लेखा सुपरिबेक्षण समितिको संयोजक बालकृष्ण श्रेष्ठ सदस्यमा पुर्ण गोपाल योगल र राजु चन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी कायस्थले सहकारीहरु निति र ऐन नियमा सञ्चालनमा आएकामा कुनै पनि समस्या नरहेको तर उदेश्यनै कमाउने रुपले सञ्चालन भएका बनेपाका मात्रै ५४ वटा सहकारी संकटमा परेको बताउनुभयो । सहकारीमा सहकार्य मार्फत सञ्चालन गर्दा कुनै समस्या छैन कायस्थले भन्नुभयो । नीति नियम पन्छाएर आफू खुशी सञ्चालन गर्ने मनोमानी ढङ्गबाट रकम सञ्चालकले चलाउने सहकारीहरु मात्रै अहिले संकटमा परेको उल्लेख गर्नुभयो । सामुदायिक रेडियो प्रशारक संघ काभ्रे संयोजक एवं काभ्रे टाईम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने र चेष्टा साप्ताहिकका सहसम्पादक लक्ष्मण तिमल्सिनालाई कदर पत्र प्रदान गरेको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब तथा कार्यबाहक अधयक्ष मोहन कुमार श्रेष्ठले आर्थिक प्रतिबेदन, कोषाध्यक्ष भिम कृष्ण श्रेष्ठले र लेखा सुपरिबेक्षण प्रतिबेदन सदस्य पुर्ण गोपाल योगलले सभामा प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक वर्ष २०८०÷०८१ मा शेयर पुजीं १ करोड ८८ लाख ५९ हजार, बचत ९ करोड २६ लाख ८ हजार, कर्जा ८ करोड २३ लाख ३९ हजार रहेको जनाएको छ । कार्यक्रममा संस्थामा आबद्ध शेयर सदस्यका छोरा छोरी एसईईमा उत्कृष्ट अंक ल्याउने २ जनालाई सम्मान गरिएको थियो भने सञ्चालक सदस्य प्रमिला चण्डी श्रेष्ठले विगत ५ वर्ष देखी दिदै आउनु भएको छात्रबृत्ति राउल श्रेष्ठलाई प्रदान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सञ्चालक सदस्य बलराम श्रेष्ठले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन प्रमिला चण्डी श्रेष्ठले गर्नुभएको थियो । संस्थाका प्रवन्धक नारायण गोपाल श्रेष्ठले हाम्रो संस्था नीति विधि र प्रविधिमा संचालन भएको बताउनु भयो । कार्यक्रम संस्थाका कार्यबाहक अध्यक्ष मोहन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
