IMG-LOGO

आभाष साकोसको खुद मुनाफा ५६ लाख ५३ हजार

 मंगल, असोज १, २०८१  ---

          आभाष बचत तथा ऋण सहकारी संंस्था लिको १५ औँ वार्षिक साधारणसभा संस्थाका अध्यक्ष दिनेश राज कायष्ठको सभापतित्वमा सम्पन्नभयो । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ग्रुवेन तौजलेले स्वागत मन्तव्य दिनुभयो । प्रमुख अतिथि शाक्यले सहकारी संस्थाहरुको अवस्था विग्रदै गएको अवस्थामा साख जोगाउने अभियान अन्तरगत सुरक्षीत लगानी मैत्री वतावरण निर्माणले संस्थाको सञ्चालक टिमको प्रतिष्ठाको कारण सहि गन्तव्य पहिल्याएको हुनुपर्ने उल्लेख गर्नुभयो । प्रमुख अतिथि शाक्यले डिभिजन सहकारी काभ्रेले स्थानीय सरकार बनेपा नगरलाई २ सय ७४ सहकारी संस्था सूचिकरण  बुझाएकोमा अहिले मुस्कीलले १ सय ५४ सहकारी संस्थाहरु सम्पर्कमा रहेकोेले नै परिस्थितिलाई नियाल्न सकिने बताउनुभयो । बनेपा नगरले संघ, प्रदेश र स्थानीय सरकारले बनाउनुपर्ने ऐन नियम परिधिभित्र रहेर कार्य गरेको बेथितिमा रहेका सहकारी र त्यसका सञ्चालकहरुलाई कानुनी कठाघरमा उभ्याउन सक्दो प्रयास गर्ने बताउनुभयो । सचिव प्रकाश कायस्ठले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष धर्मभक्त प्रधानले आव ०८०÷०८१ को लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समिति संयोजक विकास बैद्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । ५ हजार ८ सय ३२ शेयर सदस्यबाट ३ करोड ७६ लाख ६३ हजार शेयर पुँजी संकलन, ७२ करोड ७३ लाख ४६ हजार ६ सय ९६ बचत निक्षेप संकलन, ६२ करोड ४१ लाख १४ हजार ३ सय १६ ऋण लगानीमा रहेको प्रमुख व्यवस्थापक सुवास वैद्यले बताउनुभयो ।

आभाष साकोसमा ग्रुवेनको नेतृत्वमा संचालक समिति

          उक्त साधारणसभाले अध्यक्षमा ग्रुवेन तौजले, उपाध्यक्षमा प्रकाश कायष्ठ, सचिवमा धर्मभक्त प्रधान, कोषाध्यक्षमा सूर्य कुमार रंजित, संचालक सदस्यहरुमा त्रिरत्न रंजितकार, कृष्ण भक्त मुनांकर्मी, सुरेन्द्र काजी मानन्धर, सुन्दर काजी मानन्धर, राजन कायष्ठ, निर्मला दुवाल श्रेष्ठ, शुभराज जोशी निर्वाचित भएका छन् । लेखासुपरिवेक्षण समिति संयोजकमा विकास बैद्य, सदस्यमा हिरामणि शर्मा तिमल्सिना, सरोज काजी पलाञ्चोके रहनु भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्