बनेपा न.पा. वडा नं. ३ नालाको काभ्रेमा असोज १ गते देखि ३ गते सम्म ३ दिने वृहत योग शिविरको आयोजना गरिएको थियो । सो शिविरको उद्घाटन बनेपा न.पा.३ का वडाध्यक्ष रमेश दाहालले गर्नुभएको र उद्घाटन पश्चात् शो शिविरमा पतंजलि योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले प्रशिक्षण दिनु भएको थियो । सो योगका विद्यार्थीहरु वृद्धवृद्धा, किसान लगायतका सयौँ व्यक्तीहरुले योग अभ्यास गरिएको उक्त कार्यक्रममा पतंजलि योग समिती बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, काभ्रे जिल्ला अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले लगायत जिल्लाका पदाधिकारीहरु नगरका संयोजकहरु र नाला भेगका पदाधिकारी र सदस्यहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।
यसै गरी पतंजलि योग साधना काभ्रे अन्तर्गत चौकोट योग साधना केन्द्रको दोस्रो वार्षिक उत्सव समारोहको पनौती नगरपालिकाका उप–प्रमुख गीता वञ्जाराले पानसमा दीप प्रज्वलित गरि उद्घाटन गर्नुभयो । सो समारोहमा प्रमुख अतिथी उप–प्रमुख वञ्जाराले चौकोट योग साधना केन्द्रको लागी नगरपालिकाबाट बजेटको व्यवस्था गरिदिने र योगहलको लागी तत्कालै सिलिङ्गफल राखिदिने घोषणा गर्नुभयो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथी पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले योग जागरणको लागी स्थानिय तह सँग सहकार्य गर्नु आवश्यक रहेको र यसले घरघरसम्म पनि योगको विस्तार हुने बताउनु भयो ।
सो कार्यक्रममा धुलिखेल नगरपालिकाका पूर्व उप–प्रमुख विमला शर्मा, धुलिखेल नगरपालिका ५ नं. वडाका वडाध्यक्ष प्रमोद कुमार श्रेष्ठ, पतंजलि योग समिती बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, नि.व. अध्यक्ष अनु श्रेष्ठको उपस्थिती रहेको कार्यक्रममा स्वागत मन्तव्य चौकोट योग साधना केन्द्रका सह–संयोजक ललिता के.सी. ले वार्षिक प्रतिवेदन सचिव गौरीनाथ प्रधानल,े सभापतित्वको आसन चौकोट योग साधना क्न्द्रका संयोजक सुर्यकमल श्रेष्ठले गर्नुभएको कार्यक्रममा चौकोट योग साधना केन्द्रको व्यवस्थापनमा निरन्तर सहयोग गर्ने गौरीनाथ प्रधान र निरन्तर योग साधना गर्ने ८७ वर्ष उमेरका सुन्तली थापा राउतलाई सम्मान गरिएकको थियो । उक्त कार्यक्रममा पतंजलि योग समिती काभ्रेका सल्लाहकारहरु, पदाधिकारीहरु, बनेपा, पनौती र धुलिखेल नगरका अध्यक्ष एवं पदाधिकारी सहित सदस्यहरु र उल्लेखनिय योग साधक साधिकाको उपस्थिती रहेको थियो ।
यसै गरि पतंजलि योग समिती काभ्रे, श्रृष्टिकान्त लोकेश्वर योग साधना केन्द्र नाला तथा नेपाल हृदय रोग निवरण प्रतिष्ठान नाला उप–शाखाको संयुक्त आयोजनामा बनेपा नगरपालिका वडा नं ४ स्थित नालामा विश्व मुटु दिवसको उपलक्ष्यमा एक दिवसिय निशुल्क योग शिविर तथा मुटु बचाउ सम्बन्धि चेतनामुलक प्रवचन कार्यक्रमको आयोजना गरियो । नाला बजारमा प्रभातफेरी पछि आयोजित कार्यक्रमको प्रमुख अतिथी बनेपा नगरपालिका वडा नं ४ का वडाध्यक्ष श्याम सुन्दर श्रेष्ठले पानसमा दिप प्रज्वलित गरि उद्घाटन गर्नु भएको कार्यक्रममा पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले र नेपाल हृदय रोग प्रतिष्ठानका केन्द्रिय सदस्य अशोक कुमार श्रेष्ठ विशिष्ठ अतिथी हुनुहुन्थ्यो । सो कार्यक्रममा नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रका सभापती टिका भक्त भोछिभोया र पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्ठले मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व हृदय रोग प्रतिष्ठान नाला ईकाईका संयोजक लक्ष्मी नारायण श्रष्ठले गर्नुभएको थियो । कार्यक्रम पश्चात् योग गुरु ग्रोवेन तौजलेले मुटु रोग सम्बन्धी योग प्रशिक्षण दिनु भएको थियो ।
