बेनपा, नेपाल तरुण दल बनेपा नगर समितिले कोरोनाका कारण प्रभावित भएका बनेपामा डेरा गरी बस्ने विपन्न वर्गलाई खाद्यय सामग्री वितरण गरेको छ । कोरोना कहरका कारण २०७८ बैशाख १६ गते देखि देश लकडाउनमा छ । काभ्रे जिल्ला आगामी ज्येष्ठ १२ गते सम्म लक डाउन छ । व्यापार, व्यावसाय उद्योगधन्दा र यातायात क्षेत्र समेत सञ्चालनमा नआउँदा मजदुर वर्ग, डेरा गरी बस्ने देखि लिएर रिक्सा चालकहरु नराम्ररी प्रभावित भएका कारण विपन्न वर्ग रोगले भन्दा पनि भोकले नमरुन भन्ने उद्देश्यले बनेपाका तरुण युवाहरु मिलेर दुईलाख २४ हजार रकमको संकलन गरेर विपन्न वर्गलाई खाद्यय सामाग्री वितरण गरेको नेपाल तरुण दल केन्द्रीय विभाग सदस्य सुधिर बैद्यले जानकारी दिए । हाल सम्म १ सय ८० जना विपन्न मजदुर वर्गलाई चामल १० के.जी, तेल १ प्याकेट, मसेउरा १ प्याकेट, दाल १ के.जी., नुन १ प्याकेट, सावुन १ के.जी. प्रतिव्यक्ति वितरण गरेको तरुण युवा बुद्धशरण मानन्धरले बताए । सहयोग वितरण व्यवस्थापनमा बनेपाका तरुण युवाहरु बिजेन्द्र रञ्जीत, संगम थापा, सुजनराज प्रधान, सन्देश मानन्धर र विवेक परियार लगायतले सहयोगी भूमिका निर्वाह गरेको जनाएको छ ।
