IMG-LOGO

अनेरास्ववियु धुलिखेलमा मुरारीको नेतृत्व

 मंगल, असोज ८, २०८१  ---

 

          अनेरास्ववियु धुलिखेल नगर कमिटीको पाचौं नगर अधिबेशनबाट मुरारी आचार्यको नेतृत्वमा कमिटी गठन भएको छ । यसै क्रममा उपाध्यक्षमा निलिशा श्रेष्ठ, सचिबमा आयुश न्यौपाने, सह–सचिबमा सन्ध्या धिताल, अनुप बडाल र रक्षा तामाङ र कोषाध्यक्षमा सुरेश तामाङ लगाएत सदस्यहरुको टिमको चयन भएको छ ।

          अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धुलिखेल नगर कमिटीको ५ औं अधिवेशन नृत्य प्रतियोगिता सहित नयाँ नेतृत्व चयन सँगै समापन भएको छ । नृत्य प्रतियोगितामा कालिका मावि प्रथम, माउन्टभ्यु द्धितीय र गोल्डेन सिद्धार्थ स्कुलले तृतीय स्थान हासिल गरेको छ भने इम्यानुयल स्कुलले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।

          अनेरास्ववियु धुलिखेल नगर कमिटी अध्यक्ष सुजन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रिय महासचिव नरेश रोकायको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य एवं नेकपा एमाले काभ्रेका निवर्तमान अध्यक्ष अशोक ब्याञ्जु, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, विमला शर्मा, जिल्ला कमिटी सचिव राजकुमार सापकोटा, एमाले नेता हरिकुमार मैनाली, सरिता हुमागाँई, उमा थापा, निरज खड्का, राम लामा, देवप्रसाद कोइराला, नगर अध्यक्ष दयाराम महत, युवा संघ काभ्रेका अध्यक्ष इश्वरबल्लभ सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

          कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सचिव सुजन कडरिया, केन्द्रिय सदस्य सुमन जैरु, निर्वाचन समिति सदस्य हेमराज हुमागाँई, वागमती प्रदेश कमिटी उपाध्यक्ष युवराज दाहाल, जिल्ला कमिटी अध्यक्ष मिलन गौतम लगायत पदाधिकारी सहित विद्यार्थीको उपस्थिती रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्