विश्व मुटु दिवसको उपलक्षमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जिल्ला शाखाले गरिने गतिविधिहरु मध्ये आज पहिलो दिनमा जिल्ला भरीका २० माध्यमिक विद्यालयहरुका १०२ जना १०+२ का बिद्यार्थीहरुले १) धुम्रपान, मध्यपान र हृदयघात, २) म्यलुत उगत थयगच षिभ ष्ल तजभ ज्बलमक या त्यदबअअय र ३) ख्बउष्लन ष्क तझउयचबचथ, ज्भबतिज ष्क ायच भखभच शिर्षकहरुमा एक घन्टा भित्र स्थलगत निबन्ध लेख्ने प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । निबन्ध लेखन कार्य शुभारम्भ हुनु अगाडि उपस्थिति सम्पूर्ण महानुभावहरुलाई धुलिखेल अस्पतालका बाल मुटु रोग विशेषज्ञ डा.अनिश जोशी र बनेपा नगरपालिका वडा नं ८ आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख रुपा कर्माचार्यले मुटुको परिचय, स्वास्थ्य सम्बन्धि नियम पालना गर्न नसके मुटुको रोगको समस्या आउने, मुटुलाई कसरी माया गर्ने, मुटुको रोग बिनाको आनन्ददायी जीवन यापन कसरी गर्ने आदि ब्रिफिङ गर्नु भएको थियो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय सदस्य अशोक कुमार श्रेष्ठ, नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जिल्ला शाखाका सभापति टीकाभक्त भोछिभोया, उपसभापति सिध्दिबहादुर कर्माचार्य, कोषाध्यक्ष रामप्यारी श्रेष्ठ, सहसचिव सत्यनारायण श्रेष्ठ, उप कोषाध्यक्ष सरिता शाक्य, सदस्यहरु बिठ्ठल सिकु श्रेष्ठ, श्री महेन्द्र जोशी, सर्व अधिकारी, सबिना श्रेष्ठ, प्राविधिक सुरज प्रजापती,सँगठन तथा सदस्यता अभिबृद्धि समितिका उपसँयोजक दामोदर अधिकारी, सदस्य लक्ष्मी गौतम, लायन्स क्लब अफ काभ्रेका अध्यक्ष इश्वर महाजु, निबर्तमान अध्यक्ष सरिता पलाँचोके सुरज मकै शिक्षा सदन मा.बि.का प्र.अ. लक्ष्मण दाहाल, नविन श्रेष्ठ, केशव ज्ञवाली लगायत बिद्यालय परिवार,बिभिन्न विद्यालयका शिक्षकहरु प्रतिनिधिज्यू आदिको उपस्थिति रहेको कारणले कार्यक्रम गरिमामय भएको थियो। सहभागीहरु मध्य प्रथम, द्वितीय, तृतीय र शान्त्वना स्थानहरुमा बिजयी हुन सफल हुनेहरुलाई आगामी आश्विन १२ गते भित्र सूचना दिई आश्विन १३ गते बिहान नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।
