धुलिखेल बहुउद्देश्यीय सहकारी संस्थाले आफनो १७ औ साधारण सभा गते शनिबार धुलिखेल लज रिसोर्टमा सम्पन्न गरेको छ । संस्थापक अध्यक्ष राजेश भुखाजु, सभा अध्यक्ष तथा बर्तमान अध्यक्ष संजीव कुमार श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । कार्यक्रम सह ब्यबस्थापक पुजा श्रेष्ठले संचालन गरिएको थियो । कार्यक्रमा ब्यबस्थापक बाबुलाल तामाङले भेलाको औचित्य प्रष्ट पर्दै सभा सफलताको शुभकामना दिनुभएको थियो । सभामा सचिव पुजन यगोलले पेश गरेको सचिवको प्रतिवेदन, कोषाध्यक्ष रोजना श्रेष्ठले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समिति सदस्य शोभिता कार्की श्रेष्ठले पेश गरेकोे प्रतिवेदन माथि बन्द शत्रमा छलफलको भएको थियो । बन्द शत्रमा छलफलको क्रममा संस्थापक सदस्य तथा प्रभु बैक पनौती शखाको शखा प्रमुख नबिन माकजु लगाएतले टिप्पाी, राय सुझाब राखेका थिए । शेयर सदस्यहरुले राखेको जिज्ञासालाई संस्थाका अध्यक्ष संजिव कुमार श्रेष्ठले प्रस्ट पार्नु भएको थियो ।
