हिमालय माध्यमिक विद्यालय बनेपा–५ को ६३ औँ बार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह विद्यालयका अध्यक्ष होमप्रसाद तिमल्सिनाको सभापतित्वमा तथा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । नगर उपप्रमुख विमला सापकोटा दाहाल, बनेपा वडा नं. ५ अध्यक्ष बलराम अधिकारी लगायतको आतिथ्यता रहेको थियो । विद्यार्थी अभिभावक, समाजका बौद्धिक व्यक्तिहरुको सहभागीता रहेको उक्त समारोहमा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुव प्रसाद भट्टराईले बताउनुभयो ।
