शुलभ बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १४ औँ साधारण सभा संस्थाका अध्यक्ष विक्रम भैलको सभापतित्वमा शनिबार सम्पन्न भयो । संस्थाका संस्थापक अध्यक्ष विरेन्द्र प्रसाद घिनाङ्गजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष राजेन्द्र राज श्रेष्ठले गर्नुभयो । सचिव होमप्रसाद तिमल्सिनाले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष दमनकुमार श्रेष्ठले आ.व. ०८०÷०८१ को लेखाप्ररीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष दमनकुमार श्रेष्ठले आ.व.०८०÷०८१ के लेखा परीक्षण प्रतिवेदन तथा वार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समिति संयोजक आरती श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । ५ करोड १२ लाख १५ हजार ३ सय शेयर पूँजी संकलन, ४४ करोड ९३ लाख २१ हजार ५ सय १ बचत संकलन, ५८ करोड ११ लाख ७५ हजार ऋण लगानी बाँकी रहेको संस्थाका प्रवन्धक रमेश श्रेष्ठले बताउनुभयो । १ करोड २४ लाख २७ हजार ९ सय ४८ आम्दानी गरेको छ । खुद मुनाफा १ करोड ४९ हजार २ सय ४२ रहेको छ । शेयर लाभांस कोषमा ३६ लाख ४९ हजार ७ सय ६९ रहेको छ भने संस्थाको जगेडाकोष ४ करोड ६८ लाख ५९ हजार ९ सय ८३ रहेको छ । संस्थाका अध्यक्ष विक्रम भैलले आर्थिक संकटको घडिमा समेत शुलभ साकोसले सदस्यहरुको बचत फिर्ता, लगानीको सुरक्षित व्यवसथपन गरिउको हुँदा शेयर सदस्यहरुले संस्था प्रति विश्वासनीयता कायम राखेको उल्लेख गर्नुभयो ।
