पनौती जेसिज वर्ष २०२४ को साप्ताहिक कार्यक्रम मा पनौती जेसीजका वर्ष २०२४ का अध्यक्ष जेसी सिजन सुधाकारको सभापतीत्वमा शुभारम्भ सहित ब्यवसायिक शेयर बजार सम्बन्धि तालिम सम्पन्न भयो । प्रशिक्षक सुवास चन्द्र भट्टराईले प्रशिक्षण दिनु भएको कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जारा, बिशिस्ट अतिथि वडा अध्यक्ष सबिन ताम्राकार, प्रशासकिय अधिकृत राम प्र.आचार्य, लुभु जेसिजका वर्ष २०२४ का अध्यक्ष रिकेश श्रेष्ठ, नेपाल उद्योग बाणिज्य संघ सामाजिक सेवा फोरम समिति सदस्य तथा काभ्रे पुन्यवति यातायात प्रा.लि.का अध्यक्ष आदरणीय समाजसेवी राजेश सुन्दर सैंजु, भिजन सेक्युरिटीज प्रा.लि.नेप्से ब्रोकर नं ३४ का सर्मिला आचार्य, पनौती नगरपालिका, अर्थ संसार मदानि विट डट कम का सह सम्पादक पत्रकार बिकास तिमल्सिना ,हाम्रो पनौती राम्रो पनौतीका पत्रकार मनिक श्रेष्ठ पनौती जेसिजका निवर्तमान अध्यक्ष राजेन्द्र महाजु, पुर्व अध्यक्ष तिर्थ भक्त स्याउला, हरि भुजु, प्रेम सोनाम जेसीज सप्ताह्का मुल सयोजक राम कृष्ण श्रेष्ठ र कार्यक्रमको सचालन महा सचीव ॐ कृष्ण श्रेष्ठले गर्नु भएको थियो कार्यक्रममा करीव १०० जनाको सहभागीता रहको थियो ।
