IMG-LOGO

बौद्ध वृद्धाश्रमको अल्जाइमर्स दिवस मनायो

 बुध, असोज ९, २०८१  ---

          बौध्द बृध्दाश्रम, बनेपामा अन्तर्राष्ट्रिय अल्जाइमर्स रोग सम्बन्धि संस्थाको आह्वानमा प्रत्येक वर्षको २१ सेप्टेम्बरलाई बिश्व अल्जाइमर चेतना दिवस “त्ष्mभ तय बअत यल मझष्लतष्ब, त्ष्mभ तय बअत यल ब्शिजभष्mभचू अर्थात अवको आवश्यकता अल्जाइमर्स डिमिन्सियामा कृयाशीलता “भन्ने मूल नाराका साथ ३१ औं बिश्व अल्जाइमर चेतना दिवस सम्पन्न भयो। ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेका अध्यक्ष सिध्दिबहादुर कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेको सचिव पूर्णबहादुर कर्माचार्यले सञ्चालन गर्नु भएको थियो । प्रमुख आतिथ्यता ग्रहण गर्नु हुने नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय सदस्य अशोक कुमार श्रेष्ठबाट ३१ औँ बिश्व अल्जाइमर चेतना दिवसको उदघाटन गर्नु भयो । “ज्येष्ठ नागरिकहरुलाइ सम्मानपूर्वक आरामदायी र सुस्वास्थ्य मैत्री तरीकाले सेवा गर्नु पर्दछ । “भन्ने धारणा राख्नु भएको थियो । ज्येष्ठ नागरिक जिल्ला सँघ काभ्रेको कोषाध्यक्ष  दैवज्ञराज कायस्थले अल्जाइमर्स डिमिन्सिया रोग बारे विवरणात्मक जानकारी प्रस्तुत गर्नु भएको थियो । ज्येष्ठ नागरिक बागमती प्रदेशका सदस्य रमेशकाजी श्रेष्ठ, बौध्द बृध्दाश्रमका सँचालक हरिशँकर मानन्धर,ज्येष्ठ नागरिक जिल्ला सँघ काभ्रेका पदाधिकारीहरु सदस्यहरु, बौध्द बृध्दाश्रमका सँचालकहरु र आश्रित महानुभावहरु, अन्य सँघ सँस्थाहरु, ब्यक्तित्वहरु समेतको उपस्थिति रहेको सभालाइ सभाध्यक्ष सिध्दिबहादुर कर्माचार्यले चेतना दिवस सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नु हुँदै, सरोकार र सहयोगी सम्पूर्ण सँघ सँस्थाहरु र महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्