IMG-LOGO

पानस साकोसको जगेडा कोष ५४ लाख २७ हजार

 मंगल, असोज ८, २०८१  ---

 

पानस बचत तथा ऋण सहकारी संस्था लिको १६ आँै साधारण सभा संस्थाका अध्यक्ष सुशन राजवंशीको  सभापतित्व तथा जिल्ला बचत संघ काभ्रेको अध्यक्ष उदयराम कायष्ठको प्रमुख आतिथ्यतामा विहिबार स्मार्ट पार्टी प्यालेसमा सम्पन्न भयो । प्रमुख अतिथि कायष्ठले नीति, विधि, पद्धति र प्रविधिको विकासलाई अत्मसाथ गरी सञ्चालन भएका सहकारीहरुमा कुनै खालको समस्या नदेखिएको बताउनुभयो । जिल्ला बचत संघका अध्यक्ष कायष्ठले सहकारीका सञ्चालक र कर्मचारीहरुले सदस्यहरुको वृहत्तर आर्थिक हितमा नभई आफ्नै स्वार्थमा लागेकाले गम्भीर आर्थिक समस्या आई सहकारीहरु धरासायी भएको उल्लेख गर्नुभयो । जिल्ला बचत संघले सदस्य संस्थाको सञ्चालक, लेखा समिति र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम गर्दै आएको जिल्ला बचत संघका अध्यक्ष कायष्ठले उल्लेख गर्नुभयो । जिल्ला सहाकारी संघ काभ्रेका सञ्चालक  पूर्ण सागर सञ्जीतकार, रेडियो एवीसीका अध्यक्ष एवं काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । सचिव पुस्कर रञ्जीतकारले प्रगति तथा भावी कार्य योजना, कोषाध्यक्ष सुमन बैद्यले आव.व २०८०÷०८१को लेखा परीक्षण प्रतिवेदन र आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । २ हजार ५ सय २८ शेयर सदस्यबाट १ करोड ६२ लाख ८० हजार ९ सय शेयर पूँजी संकलन, ११ करोड ४७ लाख ७३ हजार ४ सय ४५ बचत संंकलन, २० करोड ५२ लाख ३ हजार २ सय ४९ ऋण लगानी गरेर, ५ लाख ७८ हजार ७ सय ६८ खुद मुनाफा गर्न सकेको छ । हाल सम्मको ५४ करोड २७ लाख ९ सय २ जगेडा कोष रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर महाजुले बताउनुभयो । लेखा सुपरीवेक्षण समिति संयोजक हरी गोपाल बैद्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । जेष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी र उत्कृष्ट कर्मचारीको रुपमा प्रजेश श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा आभाष बचत तथा ऋण सहकारी संंस्था लिका सचिव प्रकाश कायष्ठ, चण्डेश्वरी साकोसका अध्यक्ष नविन भक्त बादे लगायत आतिथ्यता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्