कोभिड-१९ प्रकोपको दोश्रो लहरले दिन प्रतिदिन जन जीवन कष्टकर बन्दै गएको छ । के गाउँ, के शहर दुबै क्षेत्रमा कोरोना संक्रमित तिब्ररुपमा बढेको बढै छ । कोरोना संक्रमितहरुले अस्पतालमा उपचार पाउन नसक्दा आफ्नै घरको छुट्टै आइसोलेसन कक्षमा बस्न बाध्य भएका छन् । अस्पतालमा भेन्टिलेटर र आसीयू कक्षमा उपचार नपाउँदा कोरोना संक्रमितको निधन ह्वात्तै बढेको छ । बनेपाका सामाजिक संघ, संस्था र उद्योगी व्यवसायीहरुले बनेपाको शिरमेमोरियल अस्पतालमा कोरोनाको उपचारमा रहेका विरामीहरुलाई खाजा र खाना निःशुल्क खुवाएका छन् । ज्येष्ठ ८ गते देखि कोरोना संक्रमितलाई विहानको खाजा र खाना निःशुल्क खुवाउन शुरु गरेको र बनेपाका सामाजिक संघ, संस्था, व्यवसायिकहरुले स्वत स्पुर्त सहयोग पुर्याएको काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोकेले बताए । यति प्लाटिक इन्डष्ट्रिज बनेपा जनगालका सञ्चालक, आशिष खाद्य स्टोर बनेपाका सञ्चालक राजन कायस्थ र बनेपाकै व्यवसायी यमेक रत्न शाक्य र के.बी. आर टी ट्रेडर्सका संचालक कृष्णलाल श्रेष्ठले खाना खुवाउने कार्यक्रममा सहयोग पुर्याएका छन् । हाल शिर मेमोरीयल अस्पतालमा ३३ जना कोरोना संक्रमीत उपचारत छन् । उनीहरुको लागि सयोगीहरुले निशुल्क खाजा र खाना खुवाएका हुन् ।
