IMG-LOGO

धनेश्वरी बहुउद्देश्यीयको २४ औँ साधारण सभा

 मंगल, असोज ८, २०८१  – पवन कुमार भुजेल

          धनेश्वरी बहुउदेश्यीय सहकारी संस्था लि.को २४ औं बार्षिक साधारणसभा शुक्रबार अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ । प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले धेरै सहकारीले बाहिर राम्रो र तामझाम देखाउने तर भित्र खोक्रो हुने भएपनि यो सहकारीको सबै पक्ष राम्रो देखिएकोमा धन्यबाद व्यक्त गर्दै संस्थाको प्रगतिको कामना गर्नुभयो । विशिष्ट अतिथी जिल्ला सहकारी संघका नवनिर्वाचित अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारीको सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय सहकारी बंैक बनेपाका प्रबन्धक उपेन्द्र दाहालले धनेश्वरी सहकारीले सहकारीको मर्म अनुसार काम गरिरहेको भन्दै प्रगतिको कामना गर्नुभयो । संस्थाका उपाध्यक्ष विश्वमाया श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष बद्रीप्रसाद पलाञ्चोकेको सभापतित्वमा सम्पन्न भएको थियो । जेष्ठ सदस्य, उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको कार्यक्रमको बन्द सत्रले पूनः बद्रीप्रसाद पलाञ्चोकेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वमाया श्रेष्ठ, सचिवमा श्याम कुमार भालु, कोषाध्यक्षमा उमेशरत्न शाक्य निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरुमा दीलबहादुर शाही, रामकृष्ण मानन्धर, राजेन्द्र वादे, भवसागर रंजितकार, लेखा समितिको संयोजकमा सुरेशभक्त भोछिभोया र सदस्यमा पुष्पलाल श्रेष्ठ र राजेश पलाञ्चोके चयन हुनुभएको बताइएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्