नेपाल इँटा उद्योग महासंघको १६ औँ साधारण सभा संघीय सरकारका उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । इँटा उद्योग महासंघका अध्यक्ष शंकरवहादुर चन्द्रको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार एवं जनमत साहित्यका प्रकाशक÷प्रधान सम्पादक मोहन दुवाल, काभ्रेका जुझारु क्रियाशिल सञ्चारकर्मी त्रय इश्वरीराज कुमार मैनाली, राजकुमार पराजुली रासस काभ्रे प्रमुख र शेखर चिमौरिया सम्मानित हुनु भएको छ । मैनाली प्रभातफेरी साप्ताहिकका प्रधान सम्पादक र चिमौरिया काभ्रे सन्देशका प्रकाशक भई सञ्चारक कर्म गर्दै आउनुभएको छ । साहित्यकार र सञ्चारकर्मी त्रयलाई मन्त्री भण्डाीले खादा र सम्मान पत्रबाट सम्मान गर्नु भएको थियो । पत्रकार महासंघ काभ्रेको सिफारीसमा सम्मानित भएको कुरा शाखा अध्यक्ष बद्रीराज तिमल्सिनाले बताउनुभयो । उक्त कार्यक्रममा बागमती प्रदेश सांसद्वय कञ्चनचन्द्र बादे, लक्ष्मण लम्साल लगायतको आतिथ्यता रहेको थियो ।
