IMG-LOGO

धुलिखेल–६ जरण डाँडामा वी.पीको प्रतिमा

 मंगल, असोज ८, २०८१  – हरिनाथ न्यौपाने

          महामानव वी.पी. कोइरालाको प्रतिमा धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित धुलिखेल अस्पताल चोकमा शनिबार अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमका बिच उक्त प्रतिमाको अनावरण गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देउवाले दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको दाबी गर्नुभयो । साथै पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा काम गर्न नेता कार्यकर्ताहरुलाई उहाले निर्देशन समेत दिनुभयो । ढलौटबाट बनेको पूर्ण कदको प्रतिमाको लागत १५ लाख रुपैयाँ रहेको महामानव वी.पी. कोइराला प्रतिमा निर्माण मूल समितिका संयोजक जितकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । वि.सं.२०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिमाको शिलान्यास गर्नुभएको थियो तर आर्थिक अभावका कारण यो प्रतिमा बन्न सकेको थिएन । प्रतिमा अनावरण कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं वी.पी. पुत्र डा. शसांक कोइराला, केन्द्रीय सदस्यहरु मोहन बहादुर बस्नेत, शिवप्रसाद हुमागाई, उमेश श्रेष्ठ, मधु प्रसाद आचार्य, गणेश लामा, बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे, जिल्ला सभापति तीर्थ लामा, लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्