IMG-LOGO

संस्कृत विद जोशी र साहित्यकार लाकजु सम्मानित

 मंगल, असोज १, २०८१  ---

 

               काभ्रे । संस्कृतिविद तथा इतिहासका मर्मज्ञ हरिराम जोशी र संस्कृतिविद् एवम् साहित्यकार सूर्यप्रसाद लाकोजू  हालै एक समारोह बिच संस्कृतिबिद ज्ञानकाजी मानन्धर र उनका पिता मोहनलाल खिँको स्मृतिमा स्थापित ज्ञानकाजी– मोहनलाल खिं स्मृति सेवा कोषले उहाँहरूलाई  सम्मान गरेको छ । अक्षयकोष स्थापनासँगै पहिलो पटक कोषबाट संस्कृति शिरोमणि जोशी र संस्कृतिविद् लाकोजू सम्मानित भएका हुन् । सम्मानितमध्ये जोशीलाई ज्ञानकाजी– मोहनलाल खिं इतिहास गौरव सम्मान र साहित्यकार एवम् संस्कृतिविद् सूर्यप्रसाद लाकोजूलाई ज्ञानकाजी– मोहनलाल खिं संस्कृति गौरव सम्मान नगद पन्ध्र हजारसहित प्रदान गरिएको थियो ।

               सो सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रा डा. पुरूषोत्तमलोचन श्रेष्ठले दुबैलाई सम्मान अर्पण गरेका थिए । कार्यक्रममा उनले मानिसलाई चिरकालसम्म चिनाउने उसको असल कर्म हुने उल्लेख गर्दै स्व. ज्ञानकाजी मानन्धर इतिहास र संस्कृतिमा ठूलो योगदान गरेका व्यक्ति भएको बताए । एक अर्को प्रसङ्गमा प्रा. डा. श्रेष्ठले काभ्रेका ज्ञानकाजी मानन्धर, मोहन दुवाल, सूर्यप्रसाद लाकोजूका साथै इतिहासविद् हरिराम जोशी राष्ट्र रत्न रहेको चर्चा गरे । कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालले राष्ट्रले सम्मान गर्नुपर्ने व्यक्तिलाई परिवारले नै सम्मानस्वरूप कोष स्थापना गरेको बताए । उनले सो कोष स्थापनाले राज्यलाई नै मार्गनिर्देशन गरेको स्मरण गरे । उनले सम्मानित व्यक्तिको योगदानबारे चर्चा गरेका थिए । सम्मानित संस्कृति शिरोमणि हरेराम जोशीले स्व. ज्ञानकाजी मानन्धरले पुर्याएको योगदानसँगै उनको आनीबानी र संगतबारे स्मरण गरे भने सम्मानित संस्कृतिविद् लाकोजूले सांस्कृतिक निबन्धहरू लेखनको प्रेरक व्यक्ति स्व. मानन्धर रहेको बताए । कार्यक्रममा ईमेज च्यानलका सञ्चालक रघुवर मानन्धरले स्व. संस्कृतिविद् मानन्धरको योगदानको स्मरण गरे । उनले स्व. मानन्धर काभ्रेको नक्षत्र रहेको चर्चा गरे । त्यस्तै ज्ञानकाजी मानन्धरका छोरा प्रकाश मानन्धरले स्व. मानन्धरले शिक्षा, साहित्य, संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गरेको र हजुर बुबा मोहनलाल खिँले कला, साहित्य, नाटक, ज्योतिष आदिमा विशेष योगदान रहेको स्मरण गर्दै रू १० लाख रूपैयाँको अक्षयकोष स्थापना भएको घोषणा गरे । कार्यक्रममा ज्ञानकाजी मानन्धरका छोरा भुवन मानन्धर, श्रेया मानन्धर, शुभलक्ष्मी मानन्धर लगायतले मन्तव्य राखेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्