बनेपा÷नेवारी भाषा, कला, संस्कृति, भेषभुषाको संरक्षण तथा उत्थान गर्ने उदेश्यले बनेपामा नेवारी फिल्म ‘लमि’ को च्यारिटी शो आयोजना गरेको छ । शुभकामना हल बनेपामा आयोजना गरिएको उक्त च्यारिटी शो हेर्नका लागि प्रमुख अतिथि नगर प्रमुख शान्तिरत्न शाक्य हुनुहन्थ्यो ।
‘पुस्ताहरुले संरक्षण र प्रर्वद्धन गरिरहेको भाषा, संस्कृति, कला, साहित्य तथा नेवारी परम्परालाई पुस्तान्तरण गर्ने उदेश्यले उक्त फिल्म निर्माण गरिएको हो’–फिल्मका निर्देशक यादव दास भोक्षिभोयाले भन्नुभयो –‘च्यारिटी शोबाट संकलित रकमबाट बालबालिकाहरुलाई नेवारी भाषा, संस्कृत, कला, साहित्य लगायतका क्षेत्रमा प्रशिक्षण दिइने बताउनु भयो ।’
च्यारिटी शो नेवाः मिसा दबुया गोसालय जूइगु काभ्रेले आयोजना गरेको हो । यो नयाँ फिल्म लमी बनेपाका निर्देशक यादव दास भोक्षिभोयाले निर्देशन गर्नु भएको हो । नेवा मिसा दबुया काभ्रेका अध्यक्ष सितु बादेले बालबालिकाहरुलाई भाषा प्रशिक्षण सिकाईने उक्त भाषा सिकाइले संस्कार र संस्कृतिको जगेर्नामा सहयोग पु¥याउने बताउनु भयो ।
