IMG-LOGO

सामरी ईन्टरनेशनल ईभेन्ट, र एमकेएम फेशन हाउसको कार्यक्रम

 मंगल, असोज १, २०८१  ---

 

               सामरी ईन्टरनेशनल ईभेन्ट, र  एमकेएम फेशन हाउसले कार्यक्रम काठमाडौं नाचघर जमल ठुलो हलमा– भाद्र १२ गते सामरी इन्टरनेसनल इभेन्टको आयोजनामा एकै साथ ४ कार्यक्रम सम्पन्न भएको थियो। मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१, ःप्ः फेसन शो, सामरी इन्टरनेशनल अवार्ड – २०२४, र म्बकm क्गउबच क्तबच कार्यक्रम ग्राण्ड फिनाले एकै साथ सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ कलाकार गौरी मल्ल रहेकी थिइन्, भने कार्यक्रममा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीको  प्रमुख आतिथ्यता रहेको थियो । 

               सामरी इन्टरनेशनल अवार्ड २०२४ मा गायक  चिरञ्जीवी भण्डारीले च्ष्कष्लन ःभयिमथ क्तबच को उपाधी सहित अवार्ड प्राप्त गर्नु भएको थियो । साथै गायिकामा सर्वोत्कृष्ट गायिकाको अवार्ड गायिका रुचि घिमिरेले प्राप्त गर्नु भएको थियो, कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार कुबेर राज गिरि र युवा पत्रकारिता सम्मानमा  काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित हुनु भएको थियो । ःप्ः फेशन हाउसको सी. ई. ओ. दिल माया मगर र सामरी इन्टरनेशनल ईभेन्टका अध्यक्ष र्याप गायक भरत सामरीको सहकार्यमा ःप्ः ब्राइडल,फेसन शो कार्यक्रम पनि सम्पन्न भएको थियो ।

               मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१, मा साहित्यकार, गीतकार, कवि, मातृका भण्डारी (मुना)  र गीतकार समाजसेवी प्रतिमा गुरुङ, लगायत अन्य विशिष्ट ब्यक्तीहरु मण्डला राष्ट्रिय प्रतिभा सम्मान बाट सम्मानित भएका थिए । कार्यक्रम सामरी इन्टरनेसनल इभेन्टका अध्यक्ष र्याप गायक भरत सामरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संयोजकत्व महेन्द्र शाहीले गरेका थिए ।

               समारोहमा एमकेएम ब्राईडलतर्फ बिना बलामी रोयले शीर्ष उपाधी चुमेकी छिन् भने चन्दु बलामी फस्ट रनर अप र रेनु पन्जियार सेकेन्ड रनर अप भएका छन्  ियसैगरी मिनित राई र नुहाङ्मा राईले पब्लिक च्वईस तथा कविता बस्नेतले भियोर च्वईसको पुरस्कार प्राप्त गरेका छन् ।

               डीएएसएम सुपरस्टार किड्स ट्यालेन्ट मोडलिङ्तर्फ सुदिस्ना भण्डारीले टाइटल उपाधी जितेकी छिन् भने सदिक्षा तामाङ फस्ट रनर अप, सिभानी धिताल सेकेन्ड रनर अप भएका छन् । काभ्या केसी, थर्ड रनर अप घोषित भए  िडी एसएम सुपरस्टार सिङ्गिङतर्फ अमन तामाङ बिजेता र निश्चल चौधरी फस्ट रनर अप भए । डान्सिङ विधाको उपाधी आलिया लामाले चुमेकी छिन् भने सृष्टि साहु फस्ट रनर अप, रिटिना मर्हजन सेकेन्ड रनर अप र सृजु वाग्ले थर्ड रनर अप भएका छन्  ियसैगरी एक्टिङतर्फ आहिल श्रेष्ठ बिजेता घोषित भए भने छाया मगरले फस्ट रनर अपको, प्रसुना कार्कीले सेकेन्ड रनर अपको र क्रिस्मा खड्काले थर्ड रनर अपको पुरस्कार प्राप्त गरेका छन् ।

               समारोहमा पाथीभरा समूहतर्फ सिङ्गिङमा क्रिस्टप थापा मगर प्रथम र संगम बस्नेत फस्ट रनर अप भएका छन् । पाथीभरा समूहकै डान्सिङ विधामा वर्षा श्रेष्ठले उपाधी चुमेकी छिन् भने आध्या बुढाथोकी फस्ट रनर अप, आरध्या बजगाई सेकेन्ड रनर अप र आरोही न्यौपाने थर्ड रनर अप भएका छन् । समारोहमा र्यापर निर्णय श्रेष्ठ (एनएसके), कानून व्यावसायी लिजा राई, एउटा खुट्टाले नृत्य गर्ने नृत्याङ्गना सीता सुवेदी, कानून व्यावसायी रक्षा बहादुर रैका मगर, चलचित्र अभिनेत्री गौरी मल्ल, मोडल सुगारिका श्रेष्ठ, अन्जना पुन, फोटो पत्रकार हरि गोपाल प्रधान र र्यापर सिद वाग्ले निर्णायकको रुपमा रहेका थिए ।

               प्राप्त जानकारी अनुसार ब्राइडल फेशन शोतर्फ एमकेएम फेशन हाउस (मान कुमारी इन्टरनेशनल प्रा.लि.) की सीईओ दिलमाया मगर र प्रशासन अधिकृत विमला वि. क. इभेन्ट टिम मेम्बरको रुपमा रहेका थिए भने डिएएसएम सुपरस्टारतर्फ सामरी इन्टरनेशनल ईभेन्टका सीईओ भरत सामरी, प्रवन्ध निर्देशक महेन्द्र शाही, अन्जन परियार, सुस्मिता तिमल्सिना, प्रतिमा दन्गौरा, प्रभात बस्नेत र सुजन सापकोटाले इभेन्ट टिम मेम्बरको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । यसैगरी सिङ्गिङतर्फ ईशान श्रेष्ठ, डान्सिङतर्फ सन्दिप भुजेल र मोडलिङतर्फ सम्राट प्रसाद साह प्रशिक्षकका रुपमा रहेका थिए ।

 

               कार्यक्रममा, लोकप्रिय गायिका देविका बन्दना, पप गायक निर्णय एन. एस.के, र्याप तथा पप गायक बिनोद ढाकाल, गायक संगीतकार चिरन्जीवी भण्डारी, लगायत गीत संगीत क्षेत्रका विशिष्ट व्यक्तित्व, तथा संचार क्षेत्रका विशिष्ट ब्यक्तीत्वका हात बाट तिमि रुनु हुँदैन र माया नै हो दुई गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । दुवै गीतमा र्याप गायक भरत सामरीको आवाज रहेको थियो भने अभिनय दिलमाया मगर, सिता सुबेदी, तथा गायक स्वयम् भरत सामरी, अमर श्रेष्ठ, सुजन सापकोटा, संतोष राना, प्रतिमा डंगोरा, सुष्मिता तिमल्सिना, महेन्द्र शाहीको पनि अभिनय रहेको थियो । दुइवटै भिडियोलाई हिम्मत सिंह चैसिरले सम्पादन गरेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्