“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकासँग जनप्रतिनिधि अन्तरक्रियात्मक कार्यक्रम शुक्रबार बनेपामा सम्पन्न भएको छ । बनेपा नगरपालिकाको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा बालबालिकाहरुले विभिन्न जनसरोकारका विषयहरु सम्बन्धि ध्यानाकर्षण आफ्ना जनप्रतिनिधि समक्ष गराएका थिए । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बालबालिकाले दिनु भएको सुझावले बालबालिकाको क्षेत्रमा काम गर्ने वातवरणको सृजना गराएको बताउनुभयो । कार्यक्रममा उपप्रमुख बिमला सापकोटा दाहालले बालबालिकाको लागि बनेपा नगरपालिकाले लगानी गरिरहेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाउनुभयो । नगर बाल सञ्जालका पदाधिकारी, जनप्रतिनिधिहरु, बालबालिकाहरु, सञ्चारकर्मीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
