पतंजलि योग समिती काभ्रेको पंचदेवल योग साधना केन्द्र, बनेपा नालाको प्रथम वार्षिक उत्सव प्रमुख अतिथी बनेपा नगरपालिकाका उप–प्रमुख बिमला सापकोटाले उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा विशिष्ट अतिथी पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले दैनिक रुपमा योग ध्यान प्राणायम गरी स्वस्थ रही समाजप्रती आफ्नो दायित्व पूरा गर्न सम्पूर्ण योग साधकहरुलाई आह्वान गर्नुभयो । पंचदेवल योग साधना केन्द्रका संयोजक जगनाथ दाहालको सभापतित्वमा भएको कार्यक्रममा बनेपा नगरपालिकाका वडाध्यक्षद्वय श्याम सुन्दर श्रेष्ठ र रमेश दाहाल, बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष इन्दिरा तौजले, कर्पोटर मेम्बर उद्धव प्रसाद तिमल्सिना र नि.व. वडाध्यक्ष कृष्ण प्रसाद दाहाल लगायत जिल्लाका पदाधिकारीहरु नगर संयोजकहरु, केन्द्रका संयोजकहरु समेत उल्लेखनिय योग साधक साधिका उपस्थित रहेको कार्यक्रममा योग साधक साधिकाहरुले गित, नृत्य र डेमो समेत प्रस्तुत गरेको कार्यक्रममा वार्षिक प्रतिवेदन लक्ष्मण दाहालले पेश गर्नु भएको थियो ।
