IMG-LOGO

आर्थिक विकास मित्र बचतको बैठक

 मंगल, असोज १, २०८१  ---

               आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लि.को १८ औ बार्षिक साधारणसभा अन्र्तगत बनेपा सेवा केन्द्रको इकाई बैठक शनिबार अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ । बनेपा नगरपालिका उप प्रमुख बिमला सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सचिव रामप्रसाद कोइरालाले सचिवको बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष दामोदर दुलालले आर्थिक प्रतिवेदन र संयोजक बद्रीप्रसाद आचार्यले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो । बनेपा सेवा केन्द्रमा आबद्ध ६ सय १५ जना सदस्यहरुको सहभागिता रहेको उक्त बैठक संस्थाका उपाध्यक्ष राजन कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो । संस्थाको ९ करोड ८५ लाख शेयर पूँजी, ७७ करोड ६३ लाख २३ हजार ६५ बचत संकलन रहेको बताइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋर्णीे, उत्कृष्ट बालबचतकर्ता सदस्यहरुलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन बनेपा सेवाकेन्द्र ब्यबस्थापन संयोजक श्याम सुन्दर चौलागाईंले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्