सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेपछि त्यसको ब्यापक बिरोध भएको छ। खड्ग ओली सत्ताका लागि जस्तोसुकै कृत्य गर्न र जस्तोसुकै मूल्य चुकाउन तयार छन् भन्ने पछिल्लो प्रमाण हो , नागरिकतासम्बन्धी अध्यादेश । दोस्रो पटक संसद् विघटन गरेको भोलिपल्ट उनले गोजीबाट निकाले जसरी नागरिका सम्बन्धि अध्यादेश ल्याए । धेरैले बुझेको कुरा हो कि - मधेशका मुद्दा सम्बोधन गरे जस्तो देखाउन, खासमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षलाई आफ्नो साथमा लिने प्रयास स्वरुप यो अध्यादेश ल्याईएको हो।नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रघाती छ ।
हाम्रो जस्तो सानो मुलुकमा खुल्ला सिमाना रहेको बिशाल दक्षिणी छिमेकी देशका नागरिक नेपालमा ओइरिने खतरा छ । अध्यादेशमा ३ असोज २०७२ भन्दा अगाडि जन्मसिद्ध नागरिकता लिएकाहरुको नाबालिग सन्तानलाई वंशजको आधारमा नागरिकता दिने कुरा ल्याएपछि भोली भारतीयहरुको बोलबाला रहेमा यो देश फिजीकरण नहोला भन्ने के भर ? राष्ट्रवादी कहलिएका ओलीबाट यस्तो कदम चाले पछि धेरैको चिन्ता बढेको छ यस अघि प्रधानमन्त्री ओलीको राष्ट्रवाद नक्कली रहेछ भनेर धेरैले भन्दैछन ।
