IMG-LOGO

हेलम्बु यातायातको नयाँ सुपर गाडी संचालनको शुभारम्भ

 मंगल, असोज १, २०८१  ---

 

               सिन्धु हेलम्बु यातायात सेवा प्रा.लि.ले यहि भाद्र ३१ गतेबाट प्रारम्भ गरिएको काठमाडौँ, चुच्चेपाटी– सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिकाको नवलपुरसम्मको संचालित सुपर यातायात सेवाको उद्घाटन नवलपुर इन्द्रावती गाउँपालिकामा उपाध्यक्ष शोभाना तामाङ्गले र काठमाडौँमा अरनिको राजमार्ग यातायात समन्वय समितिका अध्यक्ष रमेश बैद्यले एकै समय बिहान ७ः०० बजे समुद्घाटन गर्नु भयो । उक्त उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तामाङ्गले बिगत् लामो समय देखी सिन्धु हेलम्बु यातायात सेवाले गाउँ गाउँसम्म सुबिधा पु¥याएको र यसले गाउँको विकासमा धेरै टेवा पू¥याएको र अहिले आएर सुविधा सम्पन्न सुपर गाडी संचालनमा ल्याएकोले धन्यवाद ज्ञापन गरि आभार प्रकट गर्नुभयो । सो उद्घाटन कार्यक्रममा सिन्धु हेलम्बु यातायात सेवा प्रा.लि.का अध्यक्ष राजेश कुमार श्रेष्ठले सिन्धुपाल्चोक जिल्लाका अन्य भेगमा पनि स्तरिय सुपर गाडीहरु संचालनमा ल्याउने बताउनुभयो । सो कार्यक्रममा समाजसेवी तथा पूरोहित गुरु शिव प्रसाद अधिकारीले स्वष्तिक बाचन गरि शुभारम्भ गरिएको कार्यक्रममा ईन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पूर्ण दुलाल, प्रमुख सल्लाहकार डाल बहादुर खड्का, सिन्धु हेलम्बु यातायात प्रा.लि.का संचालक श्याम कुमार श्रेष्ठ ‘मण्डन’, विल बहादुर श्रेष्ठ ‘रमेश’, राजेश कुमार श्रेष्ठ र कार्यालय प्रमुख मिलन भक्त श्रेष्ठ लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्