IMG-LOGO

जिल्ला सहकारी संघ अब अमनले हाँक्ने

 मंगल, असोज १, २०८१  ---

               जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन पोटे श्रेष्ठ निर्वाचित हुनु भएको छ । संघको ४३ औं बार्षिक साधारणसभा, ५७ औँ स्थापना दिवस तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रम पश्चात भएको निर्वाचनमा प्रत्यासी राजन शाक्यलाई हराउँदै पोटे अध्यक्ष पदमा निर्वाचित हुनभएको हो । अमनले १सय ९० र राजनले १ सय ४९  मत प्राप्त गरेका थिए । त्यस्तै समितिको उपाध्यक्षमा शान्ती लामा, उपाध्यक्ष (महिला) मा मिरा सत्याल, सचिवमा प्रकाश वन्जारा, कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा निर्वाचित हुनुभयो । सञ्चालक सदस्यहरुमा पूर्ण सागर रञ्जित, मोहनकुमार श्रेष्ठ, अम्बिका तिमल्सिना, जगन्नाथ श्रेष्ठ, रोशनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यमा सुदर्शन अधिकारि र बलराम मानन्धरले समान १ सय ५४ मत पाएपछी गोलाप्रथाबाट सुदर्शन अधिकारीलाई विजयी घोषणा गरिएको थियो । लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा डिल्लीप्रसाद आचार्य र सदस्यमा पवनराज कर्णजित निर्वाचित भएका छन् भने देवकी तिमिल्सना दाहाल महिला सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित हुनुभयो । यसअघि सम्पन्न उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि बागमति प्रदेशसभा सदस्य कञ्चन चन्द्र बादेले सहकारी क्षेत्रमा देखिएको चुनौतीलाई सबै मिलेर समाधान गर्नुपर्ने तर्क गर्नुभयो । जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतम, बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य, सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल, जिल्ला सहकारी संघका सल्लाहकार बिनोद पराजुली, राष्ट्रिय सहकारी महासंघका सञ्चालक सुमन नेपाल, स्थीरिकरण कोष सञ्चालक सदस्य प्रकाश बञ्जारा, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, विषयगत संघका अध्यक्षहरु लगायत सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्