IMG-LOGO

काभ्रे क्याम्पसको स्पोर्टसहलको प्रदेश मुख्यमन्त्री लामाबाट उद्घाटन

 मंगल, असोज १, २०८१  ---

               काभ्रेको बनेपामा रहेको काभ्रे बहुमुखी क्याम्पसमा नवनिर्मित स्पोर्ट्स हलको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उद्घाटन गर्नुभएको छ । कार्यक्रमको समुद्घाटन गर्दै मुख्यमन्त्री लामाले काभ्रे बहुमुखी क्याम्पसमा निर्मित स्पोर्ट्स हलले नगरमा धेरै खेलाडी उत्पादन गर्ने विश्वास लिएको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले आवश्यक साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य कञ्चन चन्द्र बादेले नगरपालिका र क्याम्पसको सहकार्यमा निर्माण गरिएको स्पोर्ट्स हलका कारण खेलको विकास कार्यले गौरब बढाउने उल्लेख गर्नुभयो । स्पोर्ट्स हलको लागि बनेपा नगरपालिकाको करिब ४० लाख सहयोग गरेकोे बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले जानकारी दिनुभयो । कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा दाहाल, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थ, क्याम्पस प्रमुख केजी वैदार लगायत शिक्षा तथा खेलकुदमा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्