IMG-LOGO

एक्सप्रेस साकोसको सञ्चालन मुनाफा ७७ लाख ८३ हजार

 मंगल, असोज १, २०८१  ---

               एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि.को सोह्रौ बार्षिक साधारणसभा आइतबार संस्थाको कार्यालय भवनमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ईश्वर के.सी.को सभापतित्वमा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, कर्मचारी वर्ग र सदस्यहरुको उपस्थितीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै १६ औं बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न भएको हो । संस्थाका सचिव उद्धव प्रसाद तिमल्सिनाले आ.व. २०८१÷०८२ को लक्ष्य सहितको आ.व. २०८०÷०८१ को सचिवको प्रतिबेदन र कोषाध्यक्ष प्रेम कुमार लामाले आ.व. २०८१÷०८२ को बार्षिक बजेट सहित आ.व. २०८०÷०८१ को वित्तिय विवरण र लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितीका संयोजक पुजन श्रेष्ठले लेखा समितीको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृत अरुण थापाले आफ्नो प्रतिबद्धता सहितको मन्तब्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष ईश्वर के.सी.ले एक्सप्रेस साकोसप्रति सदस्यहरुले देखाउँनु भएको माया, विश्वास र सद्भावले गर्दा नै एक्सप्रेस साकोस सदस्यहरुको माझमा पहिचान सहितको सहज, सरल र सुरक्षित संस्था भएर आफ्नो विश्वास कायम गर्न सकेको प्रति सम्पूर्णमा आभार ब्यक्त गर्नुभयो । अध्यक्ष के.सी.ले ऐन–नियम र विनियमको परिधीमा रहि स्तरीय र दिगो संस्थाको रुपमा सदस्यहरुलाई केन्द्रमा राखी पूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ सदस्य माझमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाको आ.व. ०८०÷०८१ को अन्त्यसम्म कुल सम्पत्ति तथा दायित्व रु.२३,४३,२२,६३५।५३ बराबरको रहेको छ । संस्थामा शेयर पूँजी १,८१,६२,०००।०० रहेको छ । पल्र्स रिपोर्ट अनुसार संस्थामा ३१.३९% तरलता ब्यबस्थापन रहेको छ भने संस्थागत पूँजी १०.१७% देखिन्छ । यस आ.व.मा संस्थाले संचालन मुनाफा रु.७७,८३,६१७।९९ गर्न सफल भएको छ । संस्थाले जगेडा लगाएत अन्य कोष हिसावहरुमा आ.व. को अन्यसम्ममा रु. ३,५०,४८,७८५।३६ निर्माण गर्न सफल भएको छ । संस्थाले आ.व. २०८०÷०८१ मा विभिन्न शिर्षक मार्फत राज्य कोषलाई १४,४५,६३०।२५ बराबरको कर योगदान गरेको छ । वर्तमान समयमा संस्था, सदस्य, सामाजिक सञ्जाल प्रयोगकर्ता, मिडियाकर्मी साथीहरुले संयमतापूर्वक आफ्ना गतिविधीहरु सकारात्मक ढंगबाट परिचालन गर्न सकेमा मात्र समग्र सहकारी अभियान सुदृढ हुन गै संस्था र सदस्य दुवैको सामाजिक, साँस्कृतिक र वित्तिय जिवन सरल, सहज भई बजारमा समेत आर्थिक गतिविधी चलायमान हुने हुनाले संयमता र सकारात्मक सोच आजको आवश्यकता हो भन्दै एक्सप्रेस साकोसले स्थानीय संस्थाको रुपमा आफ्ना सदस्यहरुको माझमा कारोबारको दृष्ट्रिकोणले विश्वास र सद्भावको वातावरण सृजनागरि सरल, सहज र सुरक्षित सहकारी संस्थाको रुपमा परिचय बनाउँन सदस्यहरुको उल्लेख्य भुमिका रहेको प्रति संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले कृतज्ञता पनि ब्यक्त गर्नुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्