कोभिडका कारण गत बर्ष झैँ यस बर्ष पनि चण्डेश्वरी जात्रा रोकिएको छ । बनेपालीहरुको सबै भन्दा ठुलो पर्व नै चण्डेश्वरी जात्रा हो । गत बर्ष सरकारले देशभर लकडाउन गरेको कारणले पहिलोपल्ट रोकिएको थियो । यो बर्ष कोभिड १९ दोश्रो भेरियनटले नगरवासीको ज्यान जान थालेपछि बनेपा नगरपालिका कार्यालयले कडाइका साथ् बनेपा नगर सिल गरेको हो ।
यो बर्ष जेठ १२ र १३ हुने चण्डेश्वरी जात्रा थियो । तीनधाराबाट चण्डेश्वरी र चण्डेश्वरी देखि तीनधारा सम्म रथ तान्दा सयौ बनेपाली सहभागी हुने र त्यहीबाट महामारी प़mैलिएला भनेर बनेपा नगरपालीकाले सम्बन्धित पक्षलाइ सामेल गर्दै क्षमा पुजा सम्पन्न गरिसकेको छ । कम्बदंती अनुसार चण्डेश्वरी देवीले दैत्यराज चण्डाशुरको बध गरेको खुसियालीमा चण्डेश्वरी जात्रा गरिदै आएको हो ।
