धुलिखेल, अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि. धुलिखेल–४ को ८ औँ वार्षिक साधारण सभा संस्थाका उपाध्यक्ष कमलवहादुर रायको सभापतित्वमा सम्पन्न भयो । समाजसेवी शिक्षा सेवी फणिन्द्रराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धुलिखेल ४ का वडा अध्यक्ष उत्तम तिमल्सिना, सामाजिक जागरण मञ्चका अध्यक्ष पृथ्वी थापा, जुगल साना किसान सहकारीका रविन्द्र कर्माचार्य, पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्थाका मधुसुधन पन्त, चेष्टा साप्ताहिकका सहसम्पादक लक्ष्मण तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो । सचिव जयराम कुइकेलले प्रगति तथा भावि योजना र कोषाध्यक्ष जनक तिमल्सिनाले आ.व.०८०÷०८१ को लेखा परिक्षण प्रतिवेदन र आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समितिका संयोजक विष्णु प्रसाद शर्माले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । ४ हजार २ सय ७९ शेयर सदस्यबाट २ करोड ९८ लाख ५३ हजार ३ सय शेयर पूँजी शेयर संकलन गरेको छ । ३३ करोड १७ लाख ७७ हजार ५ सय ३ ऋण लगानी गरी ५ करोड ३६ लाख कुल आम्दानी गरेको कुरा संस्थाका व्यवस्थापक श्रीराम तिमल्सिनाले बताउनुभयो ।
