पनौतीमा ५ वर्ष उमेर समूह सम्मका कुमारहरुलाई पुजिएको छ । पनौती बोलबम परिवारको आयोजनामा पनौतीमा भाद्र शुक्ल गणेश चतुर्थीका दिन शनिबार ३०८ जना कुमारहरुलाई पुजा गरिएको हो । वर्षौं अघिदेखि नै कुमारलाई पुजिदैं आएको र कुमार पूजा गर्दा बच्चाहरु निरोगी र दीर्घायु हुने मान्यता रहिआएको पनौती बोलबम परिवारका सचिव पञ्चराम श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुलाई टिका, फूलपाती, टोपी लगाउनुको साथै प्रसाद, चकलेट, बिस्कुट, लगायतका मिष्ठान्न परिकारहरु वितरण गरिएको थियो । पनौतीमा २०७१ सालदेखि कुमारहरुको पूजा गरिदैं आएको छ ।
