बनेपा कलेज अफ् म्यानेजमेन्ट एण्ड टेक्नोलोजी कलेज बनेपाले बीबीए र बिएस्सी सिएस आइटीको पढाई शुरूवात गरेको छ । बनेपा बुडोलको काभ्रे कलेज रहेको स्थानमा बीबीए र बिएस्सी सिएस आइटी पढ़ाई हुने क्याम्पस प्रमुख केजी बैदारले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै बागमती प्रदेश सभा सदस्य एव बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी सञ्चालक समिति अध्यक्ष कन्चन चन्द्र वादेले स्थानीय जनताका छोराछोरीलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिन कलेज स्थापना गरिएको बताउनुभयो । बजारमा महंगो शुल्क तिरेर पढ्नु पर्ने विषयहरूलाई कलेजले न्युनतम शुल्कमा पढाउने संकल्प गरेको र बीसीएमटीले निर्धारण गरेको शुल्क धेरैको लागि आश्चर्यचकित बनाउने गरी न्युनतम राखिएको सञ्चालक समितिले जनाएको छ । बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यले कलेज स्थापना गर्न नगरपालिकाको नेतृत्व निरन्तर लागिपरेकाले कलेज सञ्चालनमा बनेपा नगरबासीले सहयोग गर्न आग्रह गर्नुभयो । राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन लिएको उक्त बनेपा कलेज अफ् म्यानेजमेन्ट एण्ड टेक्नोलोजी हालसालै स्थापना भएको नाफा रहित सामुदायिक कलेज रहेको क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष लम्बोदर कायस्थले जानकारी दिनुभयो । बनेपा वडा नं. ६ का अध्यक्ष सचितानन्द केसीले मन्तव्य राख्नु भएको थियो ।
