IMG-LOGO

विघ्नहरणका लागि भगवान् गणेशको पुजा

 मंगल, भदौ ११, २०८१  ---

 

        प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व मनाईयो । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ सोहि अवसरमा आकाशविनायक संरक्षण समितिको चौथो बार्षिक उत्सव, साधारण  सभा तथा गणेश चतुर्थिको अवसरमा श्री सचितिर्थ त्रीवेणि गुरुकुल द्वारा पुजा तथा यस समितिका अध्यक्ष सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश, प्रमुख अतिथि पनौति नगरपालिकाको नगर प्रमुख रामशरण भण्डारिज्यु जेष्ठ नागरिक तथा धार्मिक ब्यक्तित्वलाइ सम्मान, प्रसाद वितरण का साथै बेलुका आरति पशचात कार्यक्रम सम्पन्न  भएको थियो। उक्त कार्यक्रम सव्य र भव्य रुपमा सफल पार्न साथ सहयोग गर्नु हुने सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त समेत गर्दछौ। साथै उक्त साधारणसभाले नया कार्यसमितिको कार्यकाल अनुमोदन समेत गरेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्