काभ्रे – मिस्टर एन्ड मिस टिन काभ्रे–२०२४को उपाधि क्रिस्टल मानन्धर र रिजा मानन्धरले जितेका छन् ।बिआरएम इभेन्ट म्यानेजमेन्टले काभ्रेको बनेपामा शनिबार आयोजना गरेको प्रतियोगितामा मिस्टर टिन काभ्रेमा क्रिस्टल र मिस टिन काभ्रेमा रिजाले उपाधि हात पारेका हुन् । उनीहरुले ३५ हजार रुपैयाँ नगद, ट्रफ्रीलगायत पुरस्कार प्राप्त गरे । त्यस्तै, मिस टिन काभ्रेको फस्ट रनरअपमा अञ्जली राई र सेकेण्ड रनरअपमा क्रिस्टिना मानन्धर भएका छन् । मिस्टर टिन काभ्रेको फस्ट रनरअपमा महेश केसी, सेकेण्ड रनरअपमा विराज रंजितकार र थर्ड रनरअप अदित थापा भएका छन् । उनीहरुले पनि ट्रफी र अन्य पुरस्कारहरु पाए । विजेताहरुलाई जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले पुरस्कार वितरण गरे । प्रतियोगितामा १३ वर्षदेखि १९ वर्ष उमेर समूहका १४ जना प्रतियोगीहरु सहभागी भएका थिए ।
