पतंजलि योग महिला समितीको आयोजनामा बनेपाको स्मार्ट पार्टी प्यालेसमा जिल्ला भरका योग साधक–साधिका लगायत छिमेकी जिल्लाहरुबाट र आसपासका क्षेत्रहरुबाट समेत उल्लेखनिय महिलाहरुको उपस्थितीमा भव्य रुपमा तिज विषेश कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथी बनेपा नगरपालिकाका उप–प्रमुख विमला सापकोटाले महिला पतंजलि योग समिती काभ्रेले तिजलाई पर्वको रुपमा मनाईएको र खर्चिलो र भड्किलो नगरी सभ्य तरिकाले यसलाई मनाईएकोले प्रशंसा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य महिला पतंजलिका उपाध्यक्ष कमला राजभण्डारीले गर्नु भएको कार्यक्रममा पतंजलि बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले र पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्ठले मनतव्य राख्नु भएको कायक्रमको सभापतित्व पतंजलि योग समिती काभ्रेका अध्यक्ष इन्दिरा तौजलेले गर्नु भएको थियो ।
