बनेपा हाम्रो जन्मभूमि हो । कर्म भूमि हो, धर्म भूमि पनि हो । हाम्रो यस बनेपामा बसोबास गर्दै आएका असंख्य जनजनको भिन्नभिन्न पृथक पृथक स्वभाव त्यस्तै आचरण व्यवहार भएका छन्, तीनमा कोहि साधारण खेति किसान काममा जीवन निर्वाह गरी रहेका छन् । कोहि आफ्नै घरमा नै पसल गरी व्यापारमा जीवन निर्वाहमा छन् । त्यस्तै कोहि जागिर नोकरीमा छन् । हाल आएर विभिन्न कारण बस युवा युवती विदेसिने प्रथा अति नै मौलाएका छन् । कोहि भने यि व्यवहार भन्दा पृथक वातावरणमा आफ्नै शैलिमा परम्परागतका रुपमा धार्मिक कार्यमा पनि व्यस्ट भएका व्यक्तिहरु पनि छन् । आफ्नै शैलिमा आफ्नै आर्थिक सम्पूर्ण खर्चमा बनेपा बजारदेखि विभिन्न स्थानमा खास गरेर चण्डेश्वर िबनेपाको मुल बाटोको दायाँवायाँ अनेक देवदेवीका मठ मन्दिर निर्माण गरी म्िरन्दरमा देवदेवता प्रतिस्थापना गरी आत्मा सन्तुष्टी गर्ने व्यक्ति हुन, बनेपा निवासी कायष्ठ गजराज । उ जिम्मावाल श्री कृष्णचन्द्र कायस्थका कनिष्ठ सुपुत्र हुन । उनका ४ जना दाजुहरु छन् । उ बाल ब्रम्हाचारीमा छ । शुद्ध शाकाहारी जीवनयापन गर्दै निशेणी स्वस्थ जीवनमा दैनिक माई चण्डेश्वरी दर्शनमा लागि रहने व्यक्ति हो । शाकाहारी जीवन अपनाउनाले ७५ वर्ष पार हुँदा सम्म पनि अहिले सम्म ज्वरो नआएको र डाक्टरी औषधि कुनै पनि सेवन गर्न नपरेकोमा गर्व गर्छ । उनको शिल स्वभावमा लोभ लालच, छलकपट, सामाजिक व्यवहारमा किञ्चित पनि नभएको, व्यवहारमा रहने व्यक्ति गजराज कायष्ठ हो । केहि वर्ष देखि उ व्यवसाय कामबाट निवृत्त भई सकेको छ । उनको जीवनमा साधारण तया देखेका पहिलेका व्यवसाय, पहिला बनेपा ३ धारा स्थित एउटा घरमा वहाल तिरी घडि मर्मत काम गरेको र पछि घडि र रेडियो मर्मत सम्बन्धि काम गरेको समयको परिवर्तन सँगै ३ धाराको मर्मत कामलाई नै निरन्तरतामा चार दोवाटो आफ्नै घरमा आफूले गर्दै आएको कामलाई थप टेलिभिजन मर्मत सम्मका काम गर्दै जीवनयापन गर्दै आएको र हाल बुढौलिपनको कारण हुन सक्छ । आपूmले गर्दै आएका व्यवसायका कामबाट विदामा बसि सक्नु भएको छ । उनको दैनिक कामको चर्चा परिचर्चा वयानका कुरा लेख्न कठिन छ । उ भन्ने गर्छ, जीवन के हो ? मानव भई जन्मेर जीवनमा कसरी समाजलाई देखाउनु पर्छ जस्ता आफ्ना धारणा व्यक्त गर्ने गर्छ ।
हामी मानवको धर्म के हो ? कर्तब्य के हो ? भन्ने आफ्ना निश्चल धारणा व्यक्त गर्छ । उनको बारे जति नै चर्चा परिचर्चा लेखे पनि कमि हुन्छ । उ धार्मिक समाज सेवक हुन । उसको साधारण तथा एक सम्पन्न व्यक्तिमा पर्छ । सत्यतामा रहनु, जीवनयापन गर्नु पाएकोमा सन्तुष्टी र खुशी ठान्छ । हाल बनेपा चर दोवाटोमा बसोबास गरी आएको छ । दान धर्मका कर्मका काममा लाग्नु पर्छ भन्ने साथिहरुलाई सल्लाह दिन्छ । झुठ कपटका व्यवहारका व्यक्ति देखि झडङ्ग रिसाउँछ । कसैबाट मान र अपमानबाट टाढिने स्वभाव छ । हाल सम्म निर्माण कार्य सम्पन्न गरी सकेका मठ मन्दिरहरुका बारेमा उनकै भनाई तथा उनले नै लेखि दिएका उनकै वाक्यमा टिप्पणी यस प्रकार छन् ः– निर्माणका वुदागत कार्यशैली ः
१. वि.सं. २९४७ साल भाद्र २७ गते पुरातत्वको स्वीकृति रि निर्देशनमा चण्डेश्वरीको मुल ढोकाको पूर्व तर्फको घण्ट बनाएको ।
२. श्री कृष्ण मन्दिर २०६३ साल भाद्र २१ गते इन्द्र जात्राको दिनमा बनेपावाकुटोलमा कृष्ण मन्दिरलाई सामान जम्मा गरेको २४ गते मनिदर बनाउनलाई क्षेमाः पुजा गरेर सुरु गरेको
३.हनुमान देवता भिमसेन स्थानमा हनुमान देवता स्थापना गर्न जग राखेको । २०६३ साल माघ १ गते जग राखेको र २०६३ साल चैत्र २५ गते हनुमान देवता प्रतिस्थापना गरेको । २०६४ साल माघ २७ गते शनिबार पितलको गजुर चोरेर लगेको
४.चण्डेश्वरीको जि.कृष्णचन्द्र ध्वाखाः– चण्डेश्वरीका ध्वाखा बनाउनलाई निवेदन दिएको २०६६ साल असार ९ गते । बनाउनलाई स्वीकृती सर्वदलिय मिटिङबाट२०६६ साल असार २९ गते बनाउनलाई दिएको कार्य सुभारम्भगर्न वाई साइत छेमा पुजा चण्डेश्वरीमा कार्य सुभारम्भ, ...........२०६६ श्रावण ३ गते शनिबार दिउँसो ११ बजेर २५ मिनेटमा शुभ साइत गरी२०६८ बैशाख २७ गते चण्डेश्वरीमा कलाँली पुजा क्षेमाः पुजा गरी सिध्याएको ।
५. त धंग्र ताँले त कि खुडकिलो ः हस्पिटलको उकालोमा ताकि खुडकिला बनाउनलाई बनेपा न.पा मा निवेदन दिएको र २०६८ साल चैत्र ९ गते बनाउनलाई स्वीकृती दिएको २०६८ साल चैत्र १२ गते बनाउनलाई चण्डेश्वरीमा छेमा पुजा गरी ज्योतिष साइत अनुसार चैत्र १३ गते सुभारम्भ गरी २०६९ बैशाख १८ गते सोमबार बनाउन सिध्याएको र मंगलबार चण्डेश्वरीमा छेमा पुजा गरेको र २०६९ साल बैशाख २६ गते चयडेश्वरी जात्रा ताकिमा खुडकिलामा ३ वटा धलौटको गणेश, भिमसेन, हनुमानका मुर्ति स्थापना गरेको ।
६. भैरव कुण्डको भैरवको मुर्ति ः– ता कि मुनीको चण्डि भैरव बनाउन निवेदन दिएको २०६९ साल भाद्र ५ गते यो मन्दिर बनाउन २०६९ आश्विन १३ गते बुधबार नवमीको दिनमा विहान १० बजेर २१ मिनेटको साइतमा बनाउन सुरु गरेको जगको साइतपछि मन्दिर बनाउन २०६९ साल पुष २६ गते विहान १० बजेबाट सुरु गरेर २०६९ साल माघ २२ गते सोमबार विहान १० बजे रामगोपाल कायष्ठबाट मन्दिरको गजुर राखेको २०६९ साल फागुन ४ गते श्री पँचमिको दिन विहान ८ बजे श्री चन्डि भैरवको होम गरी प्राण प्रतिस्थापना गरेको बाटोमा आउनेलाई प्रसाद बाँडको
७ २०७३ साल चैत्र २ गते चण्डेश्वरीमाई कहाँ सानो ढलौटको हात्ती राखेको ।
८. २०७७ साल असार १९ गते माई चण्डेश्वरीको पुर्व देखिन कुनामा नरिवल फुटाउने भोग दिने बालकुमारीको ढलौटको मुत्र्ति राख्नु दिएको ।
९.२०७० साल माघ १४ गते बनेपा वडा नं. १ स्थित ठांग्ड ताकिको सँगै माथिको सुरुमा श्री चण्डेश्वरीको चण्डासुर काटेको रुखको फेदबाट उत्पति भएको श्री चयडेश्वरीको २५ फिट उच्चाई ८ फिट चौडाइको मुत्र्ति बनाउने भनि निवेदन दिएको, उक्त निवेदनमा सबै दलिय समितिबाट स्विकृत दिएको २०७० माघ १४ गतेको स्वीकृत अनुसार बनाएको जग्गामा कलश पाथीभरा देवीबाट ल्यायको । २०७३ साल बैशाख २७ गते सोमबार अक्षय त्रितियाको दिनमा विहान १० बजे हनुमान बाजेले होम गरेको र सार्वजनिक जलपान दिएको ।
१०. २०७५ साल भदौ २६ गते मंगलबार निवेदन र स्वीकृत हालको अस्पताल अगाडि त धाँगु ताँले र ता कि को उत्तर पट्टि श्री चण्डेश्वरीको मुर्ति पछाडि घण्टा घर बनाएको, घण्टा घरको सटरले ता कि को र मूर्ति अगाडि पछाडि सरसफाइको लागि ।
११. २०८० साल जेष्ठ २१ गते पनौती पूर्णिमाको दिन घोकेचौरको गणेश मन्दिर बनाई सकेको सुधार राजवाहक की चन्दा ४५ हजार बाँकी सबै खर्च म आफैले खर्च गरेको ।
१२. राम मन्दिर ः केराढलको छेउमा ब.न. ५ मा निर्देशन अनुसार २०८१ साल बैशाख १० गते अक्षय त्रितियाको दिन विहान ९ बजे होम गरी प्राण प्रति स्थापना गरी सार्वसाधारणलाई जलपान गर्राइ सम्पन्न गरेको ।
कुनै पनि देव देउताको मठ मन्दिर बनाउन, उथन्ने गर्थे ः भन्ने होइन गरेर देखाइदिने । जीवनको सार्थकता भनेको यहि हो मर्दा कसले लान सकेको छ । त्यसैले जीवन र मरण बुझ्न सक्नु नै जीवन हो । प्राणी मात्रको जय होस । अस्तु
