IMG-LOGO

सेन्टलम एल्बम स्कुलको नृत्य र गायन

 मंगल, भदौ २५, २०८१  ---

        सेन्टलम एल्बम एकेडेमी, श्रीखण्डपुर काभ्रेले विद्यार्थीको प्रतिभा उजागर गराउने उदेश्यले सेन्टलम आईकन–२०८१ र ग्राण्ड फिनालेको आयोजना गरेको छ । बिहीबार भएको फाईनलमा विभिन्न आईकनका अन्तिम प्रतिस्पर्धीले आफ्नो कला प्रस्तुत गरेका थिए । सेन्टलम लिटिल आइकनको नृत्यमा काजल सेन्चुरी विजेता हुनुभयो । त्यस्तै रुक्सना कोइराला फष्ट रनरअप र मानवी क्षेत्री सेकेन्ड रनरअप बन्नुभयो । सेन्टलम सिनियर आइकनको नृत्यमा प्रवेशिका रेग्मी विजेता, जुनियर विजेता एलिना तामाङ, मोष्ट एक्टिभ डान्स जेनिसा रेग्मी, बेष्ट डान्स कम्पोजिसन प्रिती ठकुरी, वेष्ट पर्फरमेन्स अनिशा तामाङले जित्नुभयो ।

        चीत्रकलामा शिवमकुमार राम विजेता बन्दा, बेष्ट कम्पोजिसन अनमोल श्रेष्ठ र वेष्ट क्रियशन युसुफ थिङको हातमा पर्याे । ड्रइङ विजेता एशिला वादी, क्रियशन मोहिशा श्रेष्ठ, कम्पोजिसन राज रानामगर, बेष्ट स्केच कुशल श्रेष्ठ, वेष्ट कलर श्रीजीत थापा, र आउटलाईन आमान दाहालले प्राप्त गर्नुभयो । सेन्टलम सिङ्गिङ आइकनको उपाधि एलिना शाही ठकुरी,। फष्ट रअनअप रितिका श्रेष्ठ। सेकेन्ड रनरअप प्रतिक्षा तामाङ, वेष्ट भोकल दृष्टि तिमल्सिनाले जित्नुभयो । पुरस्कारको प्रायोजन न्यु प्रगति पुस्तक भण्डार, सनलाईट साकोस, तिमल्ुिसना स्विट्स, श्रीखण्डपुर युवा समुह, लायन्स क्वल अफ श्रीखण्डपुरले प्रायोजना गरेका थिए ।

        विद्यालयका नृत्य शिक्षक ईश्वर थापाको सभापतित्वमा भएको कार्यक्रममा चित्रकला शिक्षक सहायक कर्माचार्य, गित संगित शिक्षक सुरेन्द्र श्रेष्ठको विशेष उपस्थिती थियो । साँस्कृतिक क्लबको क्याप्टेन करुणा जिसीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । सो आईकनको निर्णायकमा नरेन्द्र कोइराला नृत्य निर्देशक, योजना खड्गी गायिका रहेका थिए । सो कार्यक्रममा जोहानेस, अल्फेन लभ एण्ड होप स्विडेन, लिनिया अल्फेन, युलिया, हरिचन्द्र खड्काको सहभागिता रहेको थियो । सबै जना लभ एण्ड होप स्विडेनका टिम मेम्मर हुन् ।

        नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमल्सिना, फोटो पत्रकार महासंघ काभ्रेका अध्यक्ष केशवराज पौडेल, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, प्रेस युनियन काभ्रेका अध्यक्ष, नगेन्द्र अधिकारी, पत्रकार लक्ष्मण तिमल्सिना, कपिल कोइराला, केदार तिमल्सिना, सुकदेव थपलिया, सरोज अधिकारी लगाएतको अतिथ्यता रहेको थियो ।

        विजेता विद्यार्थीलाई विद्यालय संचालन समितिका कोषाध्यक्ष भवसागर रंजितकार, निर्णायक नरेन्द्र कोइराला र योजना खड्गीले पुरस्कार वितरण गरेका थिए । विद्यालयका प्रिन्सिपल अग्नीप्रसाद ज्ञवाली हरेक वर्ष विद्यार्थीहरुको मनोरञ्जनका लागि नृत्य तथा गायन प्रतियोगिता गरिने बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्