IMG-LOGO

कोरोना ह्वात्तै बढेसँगै स्थानीय पालिकाहरुमा शिल

 मंगल, जेठ ११, २०७८  - रमेश प्रसाद न्यौपाने



    कोभिड-१९ को दोश्रो लहर ह्वात्तै बढेसँगै काभ्रे जिल्लाका स्थानीय पालिकाहरुले धमाधम शिल गर्न थालेका छन् । बनेपा नगरपालिकाले २०७८ जेठ ४ गते पहिलो पल्ट १२ गते सम्म नगर क्षेत्र  शिल गर्‍यो । हिड्डुलमा कडाइ अत्यवश्यक सेवा बाहेक सबै सेवा बन्द  गर्‍यो । शहरमा भन्दा पनि गाउँगाउँमा तिव्ररुपमा कोरोना संक्रमित संख्या वृद्धि भएकाले स्थानीय पालिकाहरुले छिटो भन्दा छिटो  कन्ट्रयाक ट्रेसिङ गरी समुदायमानै गएर स्वाव संकलन गरी कोरोना परीक्षण गरेर कोरोना रोकथाम तथा नियन्त्रण गर्न सकिने  स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए( । डा. झाले स्थानीय पालिकाका जनप्रतिनिधिहरुको वडा वडामा अनुगमन समिति गठन गरेर बस्तु स्थिति बुझ्नु पर्ने मानिसहरुको भिड भाड रोक्न, स्वास्थ्य मापदण्ड अपनाउन, सामाजिक दुरी कायम गरेर मात्र बाहिर निस्कन र अत्यावश्यक काम बाहेक घर बाहिर आवत जावत गर्न रोक लगाउन सके मात्र कोरोना नियन्त्रण र रोकथाम हुन सक्ने तर्क गरे ।  कोरोना संक्रमित संख्या वृद्धिसँगै मृत्युदर समेत बढेको कारण मानवीय जीवनको रक्षा गर्ने हेतुले  स्थानीय  पालिकाहरुले शिल गरेको जनाएका छन् । नमोबुद्ध, धुलिखेल, पनौती, पाँचखाल नगरपालिका अत्यावश्यक सेवा वाहेक नगर क्षेत्र शिल गरेको  छ । त्यस्तै रोशी गाउँपालिकाले पनि गाउँपालिका क्षेत्र शिल गरेको छ । बनेपा नगर क्षेत्र  शिल गरे पछिको दोश्रो दिन  ५ गते ३३ महिला, ३१ पुरुष गरी ६४ ना नयाँ कोरोना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलको रिपोर्टमा उल्लेख छ । महिला ३ सय १३, पुरुष ३ सय ३१ गरी कुल ६ सय ४४ पुष्टि गरेको छ । बनेपा नगरको ८४ बर्षीय महिलाको निधन भएको छ । बनेपा नगरले कोरोना परीक्षण बढाएसँगै संक्रमित संख्या बृद्धि भएको बनेपा नगरपालिका स्वास्थ्य शाखाको रिपोर्टले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको गत जेठ ५ गतेको रिपोर्ट अनुसार पाँचखाल नगरपालिकामा महिला ३८, पुरुष ५७ गरी ९५ जना कोरोना संक्रमित भएका छन् । धुलिखेल नगरपालिकामा २१८ महिला, २५३ पुरुष गरी ४ सय ७१, पनौती नगरपालिकामा महिला २ सय २६, पुरुष २ सय २२ गरी ४ सय४८, नमोबुद्ध नगरपालिकामा ३३ महिला, ५० पुरुष गरी ८३ जना, चौरी देउराली गाउँपालिकामा ८ महिला, १८ पुरुष गरी २६ जना, रोशी गाँउपालिका ५ महिला, १३ पुरुष गरी १८ जना, मण्डनदेउपुर नगरपालिकामा ४९ महिला, ९० पुरुष गरी १ सय ३९, त्यसैगरी तेमाल गाउँपालिकामा ७ महिला, २२ पुरुष गरी २९ जना, भुम्लुगाउँपालिकामा ११ जना महिला, २५ जना पुरुष गरी ३६ जना कोरोना संक्रमित भएका छन् । बेथानचोक गाउँपालिकामा ३ महिला, ५ पुरुष गरी ८ जना र महाभारत गाउँपालिकामा ६ महिला, १० पुरुष गरी १६ जना कोरोना संक्रमित भएका छन् । काभ्रे जिल्लाको हकमा कुल संक्रमित संख्या २ हजार ५३, निको भएर घर फर्कने १ सय ६६ जना रहेका छन् । जेठ ५ गते सम्ममा १ सय ३३ जनाको निधन भएका छन् । पछिल्लो समय गाउँ गाउँमा कोरोना संक्रमण फैलँदो अवस्था भएको तथ्यले बताउँछ । पालिकाहरु शिल गरिएको भनिए पनि जनप्रतिनिधिहरुको अनुगमन नहुँदा विहान दिउँसो बेलुका होटल, पसलहरु खोल्ने, दुध र तरकारी संकलन गर्ने कार्य भई राख्दा कोरोना संक्रमणकोे जोखिम बढेको हो । पछिल्लो २४ घण्टाको स्वस्थ्य कार्यालय धुलिखेलको रिपोर्ट अनुसार हिजोको विवरण चार्ट  अनुसार गाउँ गाउँमा झन संक्रमित तिव्ररुपमा बढेको अवस्था छ । स्थानीय पालिकाहरुमा जनप्रतिनिधिहरुको टोलिले निगरानी नबढाए, कोरोनाको परीक्षण नगरेमा स्थिति झन भयावह हुने अवस्था छ । यसलाई रोक्न स्थानीय सरकारका प्रमुखहरुले ढिला गर्न हुन्न । हिजो सम्म जिल्ला कुल संक्रमण संख्या ७ हजार ५ सय ४३, निको हुने सख्या ४ हजार ६ सय २४ र मृत्यु संंख्या १ सय ५४ पुगेको छ । हिजो सम्म सक्रीय संक्रमित २ हजार ८ सय ८ रहेको छ ।ं


स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने
    कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भन्दै  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेका छन् । कोरोना रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको सोमबार पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री त्रिपाठीले बताए ।
    सोमबार काभ्रेमा ३७४ संक्रमित, मृत्यू ७ र १४१ संक्रमण मुक्त भए भने देशव्यापी थप ७ हजार ४२५ जनामा संक्रमण र १८५ जनाको मृत्यु भएको दुखद खबर छ । त्यस्तै काभ्रे जिल्लाका पाँचखाल र नमोबुद्ध नगरपालिकाका मेयर महेश खरेल र टिपी शर्मा तिमल्सिनालाई कोरोना पोजेटिभ देखिएको छ दुबैको स्वास्थ्य अवस्था सामान्य छ दुवै मेयर होम आइसोलेशानामा स्वास्थ्य लाभ गरिरहनु भएको छ

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्