IMG-LOGO

उग्रतारा बहुउद्देश्यीय सहकारीको साधारण सभामा जेष्ठ नागरिक सम्मान

 मंगल, भदौ २५, २०८१  ---

 

        बनेपा, उद्योगी, व्यवसायीहरु सम्लग्न रहेको उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लिको २१ औँ बार्षिक साधारण सभा शनिबार कायष्ठ बैन्क्वैटमा सम्पन्न भयो । संस्थाका अध्यक्ष पुर्ण प्रसाद पलाञ्चोकेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिका प्रमुख शन्ति रत्न शाक्य हुनुहुन्थ्यो । संस्थाका उपाध्यक्ष पुष्पकाजी श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा सचिव दियेशरत्न शाक्यले प्रगति तथा भावि कार्य योजना र कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डिारीले आ.व.०८०÷०८१ को लेखापरीक्षण तथा प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक शान्ति राज कायस्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ हजार ५ सय ३७ शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी ६ करोड ७२ लाख ५३ हजार ७ सय रहेको छ । ८३ करोड ८५ लाख ५४ हजार बचत संकलन, ८० करोड ३१ लाख ७८ हजार ऋण लगानी गरेर, ११ करोड ८१ लख ६५ हजार कुल आम्दानी गर्न सफल भएको छ । ९ करोड ८० लाख २३ हजार कुल खर्च गरी २ करोड १ लाख ४२ हजार आ.व. ०८०÷०८१ मा खुद  मुनाफा गर्न सकेको कुरा प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले बताउनुभयो । कुल भाका नाघेको ऋण १ प्रतिशत मात्र रहेको कुरा संस्थाका कोषाध्यक्ष लक्ष्मीलाल भण्डारीले जानकारी दिनुभयो । रक्तदान, स्वास्थ्य शिवीर, जेष्ठ नागरिक सम्मान जस्ता सामाजिक कार्य, शेयर सदस्य कल्याणकारी कार्यक्रम अन्तरगत औषधी उपचार खर्च,  शेयर सदस्यको मृत्यु भएमा १०÷१० हजारका दरले राहत स्वरुप हकवालालाई प्रदान गरेको, बाल बचत कर्तालाई बर्थ डे केक  उपलब्ध गराउँदै आएको र जेष्ठ सदस्यहरुलाई तिर्थ यात्रा गराएको संस्थाले जनाएको छ । प्रमुख अतिथि बनेपा नगर प्रमुख शाक्यले सहकारी संस्थाहरुमा देखिएको चरम बेथिति रहेको वर्तमान परिस्थितिमा नीति विधिमा सञ्चालित सहकारीहरुले शेयर सदस्यहरुलाई गुणस्तरीय वित्तिय सेवा दिएको कुरा उग्रतारा सहकारीको आर्थिक कारोबारको अवस्थाले देखाएको बताउनुभयो । नगर प्रमुख शाक्यले बनेपा नगरले १२ वटा वडाका  नागरिकहरुको विकास निर्मांंणको चाहनालाई आवश्यकताको आधारमा कार्य गरेको, विगत २ वर्षमा १ हजार योजनाहरु निर्माण सम्पन्न गरेको र आगामी वर्षमा ५ सय योजना निर्माण सम्पन्न गरी नगरपालिकालाई समृद्धिको बाटोमा अघि बढाउने उल्लेख गर्नुभयो । फोहोरको उचित व्यवस्थापन, एक घर एक धारा जडान गरी सबै नागरिकलाई सुद्द पिउने पानी योजना सम्पन्न गरी छाड्ने प्रतिवद्धता नगर प्रमुख शाक्यले राख्नुभयो । कार्यक्रममा बनेपा वडा नं.७ का अध्यक्ष  हिटलर शाक्य, रिेडियो एबीसीका अध्यक्ष रमेश प्रसाद न्यौपाने लगायको आतिथ्यता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्